coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मजदुर दिवसमा पिएलओेद्वारा ह्विल चियर वितरण

मोरङ- मोरङको सन्दरहरैंचास्थित विराट चोकमा रहेको पूर्वाञ्चल ल्युव आयल (पिएलओे) ले १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा ह्विल चियर वितरण गरेको छ।

पिएलओेले मंगलबार मजदुर दिवसमा आयोजित कार्यक्रममा रक्तदान तथा अपांगता भएका व्यक्तिहरूलाई ह्विल चियर वितरण गरेको छ । पिएलओेले प्रत्येक वर्ष मजदुर दिवसमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा सामाजिक कार्यसमेत गर्दै आएको जानकारी दिएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका पूर्व अध्यक्ष गोपाल थापाले उद्योग खोल्नु र नाफा कमाउनु एउटा पक्ष भएको बताउँदै समाजिक कार्य महत्वपूर्ण भएको बताए। त्यसैगरी पिएलओका प्रबन्धक निर्देशक भोलेश्वर दुलालले भने कम्पनी स्थापनकादेखि नै मजदुर दिवसमा समाजिक कार्य गर्दै आएको बताए।

प्रकाशित: १९ वैशाख २०७५ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App