अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा २५ जना मारिए

बुधबार, १९ बैशाख २०७५, १४ : ५८ एजेन्सी

दमासकस – अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ। 

लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ। 

हासाकाहमै शनिबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो। सो कुराको जानकारी यहाँको सरकारी समाचार समिति सानाले दिएको छ। 

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ। 

सिरियाली अरब रेड क्रिसेन्टकी हासाकाहस्थित प्रतिनिधिलाई उद्धृतगर्दै सानाले हासाकाहको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको थियो। 

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसंघमार्फत आग्रह गर्दै आएको छ। 

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो। अमेरिकी सेनाको नेतृत्वमा अरु केही देशका सेनाल यहाँ कारबाही गर्ने गरेका छन्। 

अमेरिकी नेतृत्वमा पछिल्लो समयमा पनि केही युरोपेली देशहरुसमेतले संयुक्त कारबाही गरेका थिए। सो कारबाहीपछि ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ वर्षौ पछि धकेलिएको बताइएको छ। 

अमेरिकाले सिरियामा रासायनिक हतियारको प्रयोग भएको पाइएमा कुनै पनि बेला फेरी हमला गरिने स्पष्ट पारेको छ। 

यस अघि शनिबार सिरियाको ससस्त्र आर्मीले एक व्यक्तव्य मार्फत अमेरिकाले हानेका मिसाइलहरु धेरैजसो असफल बनाइएको र केही मात्र सफल भएको उल्लेख गरिएको थियो। 

सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसामा परी तीन लाख भन्दा बढी मानिसको ज्यान गएको छ। अरु कैयौँ घाइते भएका छन् । 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad