८ वैशाख २०८१ शनिबार
समाज

साढे ३३ केजी सुन प्रकरण : एसएसपी लोहनी पक्राउ

काठमाडौं- साढे ३३ केजी सुन प्रकरण तथा सनम हत्याकाण्डमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा बयानका लागि हाँजिर भएका लोहनीलाई बुधबार पक्राउ पुर्जी थमाइएको हो। सरकारी वकिललाई मुद्दा बुझाउने बेलामा उनलाई पक्राउ पुर्जी थमाइएको हो। यस प्रकरणमा पक्राउ परेकाहरुलाई कुन कुन विषयमा के के मुद्दा चलाउने भन्ने विषय नटुंगिइसकेकाले अदालतमा मुद्दा बुझाउन ढिलाइ भइरहेको छ। सुन तस्करी प्रकरणमा पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल पक्राउ परिसकेका छन्। एसएसपी श्याम खत्री भने फरार छन्।

छानविन समितिले बयानका लागि पत्र काटे पनि लोहनी र डिएसपी प्रजित केसीलाई मोरङ प्रहरीले पक्राउ पुर्जी थमाएको हो। उनीहरुलाई कार्यक्षेत्र नाघेर अनुसन्धान गर्न आएको आरोप समेत लाग्दै आएको छ। लोहोनीको कमाण्डमा रहेका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल यसअघि नै पक्राउ परेका थिए।

 

प्रकाशित: १९ वैशाख २०७५ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App