coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरबाट हट्नुपर्छ : प्रधानमन्त्री

दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकले क्षमता बृद्धि गर्न नसके जागिरबाट हट्नुपर्ने बताएका छन्। उनले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई प्रविधीमा ध्यान दिन समेत सुझाव दिए।

गृहनगर दमकमा साना सहकारी खानेपानी योजनाको उद्घाटनमा ओलीले गुणस्तरीय शिक्षाका लागि कुनै हिसाबको सम्झौता नहुने बताए। विद्यार्थीको पढाइको गुणस्तर कसरी अभिबृद्धि गर्ने तर्फ सबैको ध्यान जान जरुरी छ, उनले भने, सामुदायीक विद्यालयको गुणस्तर सुधारका लागि सरकारले काम गरिरहेको छ।

'दमकमै रहेको सामुदायीक हिमालय माध्यामिक विद्यालयको प्रशंसा गर्दै ओलीले भने, सामुदायीक विद्यालयको गुणस्तरयुक्त नै पढाइ हुनुपर्छ, शिक्षकहरुले गुणस्तर शिक्षा दिनका लागि शिप बढाउनु पर्छ नभए जागिर छाड्नुभए हुन्छ, भविष्य बिगार्नु हुदैन्', उनले भने। ओलीले शिक्षक अभाव हुन नदिने बताउँदै आवश्यक प्राविधिक जनशक्ति सरकारले उपलब्ध गराउने बताए। मुलुकको अवश्यकता अनुसार प्राविधिक बिषयको पढाइमा समेत सरकारको जोड रहेको बताए।

प्रधानमन्त्री ओलीले दमकबाट पाँचथरको रवीसम्म पुग्ने सडक निर्माणले गति लिने बताए। 'अब यो सडकका बारेमा धेरै सुर्ता नगरेपनि हुन्छ', उनले भने, 'अब रतुवा खोलाबाट हिड्ने बाध्यता टर्दै गएको छ।' उनले मेची राजमार्गको बिकल्पका रुपमा यो सडक बहुबर्षिय योजनामा परेकाले काम अनुसार ठेकेदारले भुक्तानी लिदै गरेको बताए।

दोस्रो पटक प्रधानमन्त्री भएर पहिलो पटक गृहनगर आएका ओलीले मुलुकले अब विकासमा फड्को मार्ने बताए। 'म त रागाँ गाडा बयल गाडा चलाएर हिडेको मान्छे', बिगत स्मरण गर्दै उनले भने, 'कुनै सडक थिएनन्, अब सडक बन्छन, रेल चल्छन्।' २०४८ सालको निर्वाचन ताका दमकमा आउदा कुनै सडक कालोपत्रे नभएको उल्लेख गर्दै ओलीले भने, 'अब दमकका सबै सडक पीच बन्छन', सडक चौडा हुन्छन्।

ओलीले मन्चमै रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई देखाउँदै प्रदेशको नामाकरण हुन नसकेको प्रति चिन्ता जनाए। बुधबारै ओलीले दमक नगरपालिका अगाडी राखिएको दमकका पहिलो नागरिकका रुपमा सम्मानित धिमाल जातिको प्रतिमाको उद्घाटन गरे।

प्रकाशित: १९ वैशाख २०७५ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App