रोहिंज्या समस्याबारे छानवीन गर्न म्यानमारलाई आग्रह

बुधबार, १९ बैशाख २०७५, १२ : १९ एजेन्सी

 म्यानमार - संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंज्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गरिने बताएका छन्।
रखाइन राज्यमा रोहिंज्या समुदायमा भएका हिंसात्मक गतिविधिपछि सरकारी सेनाबाट स्थितिलाई नियन्त्रणमा लिने शिलशिलामा उक्त समुदायका लाखौँ नागरिक विस्थापित हुने गरी बलको प्रयोग भएको भन्ने आरोपबारे छानवीन गरी सत्यतथ्य पत्ता लगाउन उचित अनुसन्धानको आवश्यकता देखिएको राष्ट्रसंघीय टोलीले सुझाब दिएको हो।

राष्ट्रसंघकाे प्रतिनिधिहरू म्यानमारको द्वन्द्व प्रभावित क्षेत्रमा पुगी निरीक्षण गरेपछि सङ्कलन गरेको प्रतिवेदनका आधारमा रोहिंज्याबारे छानवीन शुरू गर्न आग्रह गरेको हो।राष्ट्रसंघका तथ्याङ्क अनुसार करिब सात लाख रोहिंज्या शरणार्थीका रूपमा बङ्गलादेश लगायत विभिन्न छिमेकी मुलुकमा शरण लिई बस्दै आएका छन्।

शरणार्थीमध्ये अधिकांश नागरिक बङ्गलादेशका विभिन्न शिविरमा बस्दै आएका छन्।
शरणार्थीप्रतिको जिम्मेवारीवोधको प्रत्याभूत गर्न उचित अनुसन्धान आवश्यक छ, राष्ट्रसंघका लागि बेलायती राजदूत करेन पियर्सले भने। राष्ट्रसंघले शरणार्थीको अवस्थाबारे अध्ययन गर्न विभिन्न समूहलाई हालै म्यानमार र बङ्गलादेश पठाएको छ।रासस

 






यसमा तपाईको मत

अन्य समाचार

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

Ncell Footer Ad