७ वैशाख २०८१ शुक्रबार
समाज

शे–फोक्सुन्डो निकुञ्जमा लोपन्मुख हिँउ चितुवाको गणना शुरु

डोल्पा – नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो क्षेत्रमा विश्वमै लोपन्मुख बन्यजन्तु हिँउ चितुवाको गणना सुरु गरिएको छ। विश्व बन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्ज डोल्पाले गणना सुरु गरेको हो।

विश्व बन्यजन्तु कोष, शे–फोक्सुन्डो निकुञ्ज, हिँउ चितुवा संरक्षण समिति सहित ३३ जनाको अध्ययन टोली १३ वैशाखमा निकुञ्ज कार्यालय सुलिगाडबाट बनतर्फ हिँडिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले बताए।

उनकाअनुसार अध्ययन टोलीले एक महिनालगाएर हिँउ चितुवाको गणना गर्नेछ। क्यामरा ट्रयाप र दोहोरो गणना विधीद्धारा गणना गरिएको छ। हिँउ चितुवासँगै आहारा प्रजातिको रुपमा रहेको निल भेडा (नावर) को समेत गणना गरिने उनले बताए।

शेरेन श्रेष्ठ, समुन्द्र लिम्बु र छिरिङ्गलामा रहेको प्राबिधिक अध्ययन टोलीले हिँउ चितुवा र नावर पाइने विभिन्न स्थानहरूमा क्यामेरा राखेर अध्ययन सुरुगरेको प्रमुख संरक्षण अधिकृत चौधरीले जानकारी दिए।

एक महिना अवधी लगाएर गरिने गणनामा लोपन्मुख बन्यजन्तु हिउँ चितुवाको संख्यात्मक वृद्धि वा घटेको बारेमा टोलीले अध्ययन प्रतिवेदन तयार पारि काठमाडौं फर्केपछि सार्वजनिक गरिने बताइएको छ। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज संरक्षण वन क्षेत्र लोपन्मुख बन्यजन्तु हिँउ चितुवा धेरै पाइने स्थानमा पर्दछ।

विश्वमा नै हिउँ चितुवाको घनत्व सबैभन्दा बढी भएको क्षेत्र शे – फोक्सुन्डो राष्ट्रिय निकुञ्जको लंगु उपत्यका रहेको निकुन्जले तयार पारेको वार्षिक प्रतिवेदन २०७०–०७१ मा उल्लेख छ।

निकुञ्जको उक्त वार्षिक प्रतिवेदन अनुसार शे – फोक्सुन्डो निकुञ्ज वन क्षेत्रमा १३० को संख्यामा हिउँ चितुवा रहेको र यो संख्या नेपालका निकुञ्जहरू मध्येमा सबैभन्दा बढी हो।

शे– फोक्सुन्डो निकुञ्जमा हिउँ चितुवा, कस्तुरी, मृग जस्ता अत्यन्तै दूर्लभ बन्यजन्तुहरू लगायत ३२ प्रजातीका स्तनधारी,२०० भन्दा बढी प्रजातीका चराहरू, २८ प्रजातीका पुतली, ६ प्रजातीका घस्रने जीवहरू र बिभिन्न ४१७ प्रजातीका बनस्पतिहरूको आश्रम स्थलको रुपमा निकुञ्ज परिचित छ।

प्रकाशित: १९ वैशाख २०७५ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App