coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णाली प्रदेशमा असिनापानीले लाखौंको क्षति

सुर्खेत – कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पुर्‍याएको छ।

असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताएकी छिन्।

मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गरिसकेकी छन्।

यही वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरिदिएपछि मन्त्री केसीले चासो लिएर आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छलफलको आयोजना गरेकी हुन्।

छलफलमा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सरकारले तत्कालै प्रभावित जिल्लामा भएको क्षतिको विवरण संकलन गरी राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिएका थिए।

छलफल कार्यक्रममा मन्त्री केसीले असिनापानीबाट पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्थाका लागि पहल कर्णाली प्रदेश सरकारले गर्ने बताइन् । “क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ, के कति क्षति भयो अझै यकिन नभए पनि सयौँ हेक्टरमा लगाइएको जौ, गहुँबालीका साथै तरकारी खेती र फलफूल खेतीमा लाखौँको नोक्सान भएको प्रारम्भिक जानकारी आएको छ” उनले भनिन्।

असिनाले क्षति गर्दा किसान चिन्तित

जाजरकोट, डोल्पा र रुकुममा असिनाले लाखौँको क्षति गरिदिएपछि किसान चिन्तित भएका छन् । दुई दिनसम्म परेको असिनाले अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा पनि ठूलो क्षति पुर्‍याएको जाजरकोटका प्रदेश सांसद कृष्णा शाहले बताए।

किसानले लगाएको पाक्न लागेको गहुँ असिनाले झारिदिएपछि बारीमा नल  डाँठ मात्र देखिन्छ । बाली सप्रेको बेलासमेत खाद्यान्न अभाव हुने ग्रामीण बस्तीमा यसपालि परेको असिनापानीले ठूलो क्षति पुर्‍याएको डोल्पाका प्रदेश सांसद वीरबहादुर शाहीले बताए । किसानको क्षतिको परिपूर्ति गर्न प्रदेश र संघीय सरकारलाई उनले राहतको व्यवस्था गर्न आग्रह गरे। रासस

 

प्रकाशित: १९ वैशाख २०७५ ०६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App