coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार सवारी साधन ठोक्किँदा आगलागी

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसीमा चारवटा सवारी एक आपसमा ठोक्किदाँ आगलागी भएको छ।

मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल बुधबार बिहान ठोक्किएको थियो । मोटरसाइकलाई जोगाउने क्रममा ट्रक गजुरी तर्फ आउँदै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खाएको थियो। त्यसको लगत्तै धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा आगलागी भएको हो। आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल जलेको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App