१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दुनियाँ छाड्ने आकाश र पूजाको रहर

काठमाडौं– नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले नृत्य गरेको फिल्म ‘रामकहानी’को पहिलो गीत ‘तिम्रो लागि म छु यो दुनियाँ छोडिदेऊ’ सार्वजनिक भएको छ।

धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा निर्माण गरेको सन्तपुर एकीकृत नमूना बस्तीमा छायांकन गरिएको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत तथा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, विल्सनविक्रम राई ‘तक्मे बुढा’ले पनि अभिनय गरेका छन्।

फिल्मका कथाकार तथा निर्देशक सुदर्शन थापाले आफूले यसपटक फिल्ममा कमेडी र प्रेमकथाको सम्मिश्रण गरेको बताए । ‘मेरा अघिल्ला फिल्ममा कमेडी फ्लेबर कम र प्रेम फ्लेबर बढी हुन्थ्यो,’ उनले भने, ‘तर यसपटक फिल्ममा कमेडी पनि छ।’

फिल्मका लागि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले १० लाख पारिश्रमिक लिएको चर्चा चलिरहँदा निर्देशक सुदर्शन र नायिका तथा निर्मात्री पूजाले केदारको काम त्यो भन्दा बढी रहेको बताए । ‘उहाँले १० लाखभन्दा बढी काम गर्नुभएको छ,’ सुदर्शनले भने, ‘चलेको कमेडियन कलाकारसँग काम गर्नुको रमाइलो नै बेग्लै हुँदो रहेछ।’

फिल्मकी नायिका तथा निर्माता पूजाले नायक आकाशसँग पहिलो पटक काम गर्दा अनुभवी कलाकारसँग काम गरे जस्तो अनुभव भएको बताइन् । नायक आकाशले अनुभवी टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताए । ‘मेरा लागि उहाँहरु नयाँ हो तर म भन्दा धेरै अनुभवी हुनुहुन्छ । उहाँहरुबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ,’ उनले भने।

केदारले पूजा र सुदर्शनको ‘नाइँ’ नभन्ने बानी आफूलाई मन परेको बताए । ‘फिल्मको सेट बनाउन कति समय लाग्दा पनि उहाँहरूमा थकान देखिनँ,’ फिल्मको गीतप्रति लक्षित गर्दै केदारले पूजालाई व्यंग्य गरे, ‘पूजाजीको अहिलेसम्म घरजम भएको छैन । तर गीतमा उहाँका कति धेरै घर।’

संगीतकार अर्जुन पोखरेलले फिल्मको गीत सुन्दा लोक फ्लेबर भए पनि त्यो मौलिक लोक नभएको खुलाए । ‘मैले गीतमा मादल र सारंगीको प्रयोगमा नयाँ भर्सन राखेको छु,’ उनले भने, ‘त्यसकारण पनि दर्शकले फरक मिठास  पाउनुहुनेछ ।’ सुदर्शन थापा फिल्मस्को ब्यानरमा सुदर्शन र पूजाले निर्माण गरेको फिल्ममा सौरभ लामाको छायांकन छ ।
 

प्रकाशित: १९ वैशाख २०७५ ०४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App