७ वैशाख २०८१ शुक्रबार
कला

हेमन्तले सुनाए मजदुरका कविता

काठमाडौं– सधैं भुइँमान्छेका कविता लेख्दै आएका डोट्याली कवि हेमन्त विवशले मजदुर दिवसका दिन मंगलबार राजधानीमा मजदुरका कथा, व्यथा र संर्घष समेटिएका चोटिला कविता सुनाएका छन्।

छायाँछवि क्रियसनको सातौं काव्य शृंखलामा उनले सुदूरपश्चिमेली भाकामा गरिब, किसान, मजदुरका आवाज ओकले । पसिनामा रमाउने मजदुरमाथि शोषण गर्ने मालिकविरुद्ध उनले औंला ठड्याए।

‘प्रश्न’ शीर्षकको कविताबाट वाचन सुरु गरेका विवशले देशको खोजी, तिम्रो राज्य, आँधीहुरी, हली, कतारको रैबार, गोसाइँ तमिले कस्तो मुटु बोकेका छौ ?, घमन्ड, सुकुम्बासी सपनासहित एक दर्जन कविता सुनाए । उनका कविताले वाह ! वाही पाएका थिए।  उनले छन्दमासमेत केही कविता वाचन गरेर माहोल तताए । ‘कवि विवशका कविता उत्कृष्ट लाग्यो’, कार्यक्रममा संगीतकार बुलु मुकारुङले भने, ‘विम्ब, प्रतिक र भावनाका दृष्टिले उनका सबै कविता उत्कृष्ट छन्।’

उक्त शृंखलामा छायाँछविले विवशसँगै गजलकार सीता प्याकुरेललाई उभ्याएको थियो। प्याकुरेलले मायाप्रेमका १० वटा गजल वाचन गरेर मन जितिन् । उनको वाचनले पनि दर्शकबाट ताली र  वान्समोर पाएको थियो  ।   ‘नेपाली साहित्य कला र संस्कृतिको उत्थान, छायाँछवि काव्य शृंखला हाम्रो बेग्लै अभियान’ नाराका साथ क्रियसन अघि बढेको शृखलाकी संयोजक रश्मि रोदनले जानकारी दिइन्।
 

प्रकाशित: १९ वैशाख २०७५ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App