७ वैशाख २०८१ शुक्रबार
खेल

बैंग्लोरले मुम्बर्इ इन्डियन्सलाई १४ रनले हरायो

बेंग्लुरु- इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बर्इ इन्डियन्सलाई १४ रनले हराएको छ।

बैंग्लोरमा गएराती भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ७ विकेट गुमाएर १ सय ६७ रन बनायो।

उसका लागि मनन भोहराले ४५ रन जोड्दा ब्रेण्डन म्याक्कुलमले ३७ रन तथा विराट कोहलीले ३२ रन जोडे । बलिङतर्फ मुम्बईका हार्दिक पाण्डेले ३ विकेट लिए।जवाफमा १ सय ६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन मात्रै बनाउन सक्यो।

मुम्बईका हार्दिक पाण्डेले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले निर्णायक पारी खेल्न सकेनन् ।जितसँगै बैंग्लोरले प्ले अफ्मा पुग्ने सम्भावना जिवित राख्दा मुम्बई भने दबाबमा आएको छ ।आईपिएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र राजस्थान रोयल्स भिड्नेछन् ।

प्रकाशित: १९ वैशाख २०७५ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App