coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रेलमार्गबारे अध्ययन गर्न नेपाली टोली चीन प्रस्थान

काठमाडौं –केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्गको विषयमा थप छलफल गर्न नेपाली टोली चीन गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित सात सदस्य टोली शनिबार चीनतर्फ लागेको हो।

टोलीमा मन्त्रालयका सचिव मधुसुदन अधिकारी, सहसचिव राजेन्द्र शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय लगायत सातजना रहेका छन् । टोलीले केरुङ–काठमाडौं, पोखरा र लुम्बिनीसम्मको रेलमार्गका विषयमा छलफल गर्ने छ।

विभागका प्रवक्तासमेत रहेका उपाध्यायले मन्त्रालयका सचिवसहितको टोली चीनतर्फ लागेको बताए । ‘केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गका सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवज्यूको सात सदस्यीय टोलीमा संलग्न,’ शनिबार चीन उड्नुअघि उपाध्यायले फेसबुकमा लेखेका छन् ।यसअघि चिनियाँ उच्चस्तरीय टोलीले केरुङ–काठमाडौं, पोखरा र लुम्बिनीसम्मको रेलमार्गको स्थलगत अध्ययन गरिसकेको छ । गत कात्तिक महिनामा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको २३ सदस्य टोलीले उक्त रेलमार्गको स्थलगत अध्ययन गरेर फर्केको थियो।

उक्त भ्रमणको अन्तिम बैठकमा अर्को चरणको बैठक चीनमा गर्ने सहमति समेत भएको थियो । उक्त सहमति अनुसार नेपाली टोली चीनतर्फ गएको मन्त्रालयको भनाइ छ ।उक्त टोलीले स्थलगत अध्ययनपछि केरुङ–काठमडौं रेलमार्ग अप्ठ्यारो भए पनि बनाउन सकिने निचोड निकालेको थियो । उक्त टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेल मार्ग बनाएको कम्पनीका इन्जिनियर, प्राविधिक आएका थिए।

नेपाल भ्रमणमा आएको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन दुई खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेका छन् । केरुङ–काठमाडौें ७२ किलोमिटर लम्बाइको उक्त रेलमार्गमा चल्ने रेल प्रतिघन्टा एक सय २० किलोमिटर दौड्ने  र अधिकांश ठाउँमा पुल र सुरुङ हुने टोलीको अध्ययनले देखाएको थियो।

काठमाडौं–केरुङ रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान गरिएको छ । त्यस्तै चार हजार मिटरबाट एक हजार चार सय मिटरमा झार्नुपर्ने भएकाले ओरालो रेलमार्गका लागि चुनौती भएको चिनियाँ टोलीले बताएको थियो ।पाँच दिन लामो उक्त भ्रमणमा चिनियाँ टोलीले केरुङ–काठमाडौं रेल मार्गबाहेक काठमाडौं–पोखरा हुदै लुम्बिनीसम्मको रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो ।

सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किमि लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । पोखरा–बुटबलका रेल मार्गको भने अध्ययन हुन बाँकी नै छ ।चिनियाँ टोलीले काठमाडौंदेखि पोखरा र लुम्बिनीसम्मको रेलमार्ग बनाउने विषयमा पनि सकारात्मक भएको सन्देश दिएर फर्केका थिए।

सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहुँ हुँदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ ।
 

प्रकाशित: १९ वैशाख २०७५ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App