४ वैशाख २०८१ मंगलबार
राजनीति

‘अर्थहीन बहस छाडेर विकास निमार्णमा लागाै‌ँ’

तस्वीरः प्रधानमन्त्री केपी शर्मा ओली कमलगाउँपालिकाको पाडाजुगीँ खजुरगाछी सडकको शिलान्यस गर्दै ।

दमक -दोस्रो पटक प्रधानमन्त्री भएपछी गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओली दिनभर उद्घाटन शिलान्यसमा ब्यस्त रहे।

ओली भद्रपुर बिमानस्थल झर्ना साथ जिल्ला सभाको उद्घाटन गरे । त्यसपछी उनले चारपाने राजगढ सडकको शिलान्यस गरे । लगत्तै नजिकैको लक्ष्मीपुर साधुटार जोड्ने सडकको उद्घाटन गरे ।

ओलीले त्यसपछी अर्जुनधारा र बुद्धशान्ती जोड्न् विरिङ्ग नदीको पुलको शिलान्यसा गरे । दिनभर ब्यस्त रहेका ओलीले विचमा खाना खाएर फेरि उद्घाटन शिलान्यसलाई नै निरन्तरता दिए । पाडाजुगीँ खजुरगाजी सडकको कालोपत्रेको शिलान्यास गरे । लगत्तै अमलडागीँ समयगढ सडक कालोपत्रेको शिलान्यास गरे।

दोस्रो पटक प्रधानमन्त्री भएर गृह जिल्ला आएका ओलीले जिल्ला समन्वय समितिमा जिल्ला सभालाई सम्बोधन गरेर विकासमा बाधा ल्याउनेहरुलाई जनताले लत्याउने बताए । उनले अर्थहिन बस छाडेर विकास निमार्णमा जोड लिनुपर्ने बताए । ठुलो बलिदान र सघर्षले लोकतन्त्र आएको छ, ओलीले भने, तर विकासमा विवाद बहस गर्नलाई होइन, काम गर्नका लागि हो । काम नगर्ने छुट कसैलाई पनि छैन।

ओलीले मुलुकको ध्यान अब सरकारमा रहेको र जनप्रतिनिधीहरु विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । सरकारसंग योजनाका चाड छन्, उनले भने, हामी विकासका योजना मात्रैै हैन, विकास गरेर देखाउछौ मुलुक सम्बृद्ध बनाउछौ । ओलीले मुलुकलाई विकास गरेर छाड्ने सरकार सामु अहिले एउटा मात्रै प्रतिबद्धता समेत रहेको दाहोर्याए।

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता राखेको बताउदै पैसा नदिइ काम गर्न नसक्ने कर्मचारीले विदा लिनुपर्ने धारणा राखे । ‘सदाचारको भाषण गर्ने तर भित्रभित्र कमिशन, घुस, भष्ट्रचारका पछाडि कुद्ने लोकतन्त्र हुदैन,’ उनले भने, ‘लोकतन्त्र भनेको जे भनिन्छ त्यहि गर्ने हो, यथार्थवादी लोकतन्त्र हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले विकासका काममा कुनैपक्षबाट पनि अबरोध भए सरकारले नहसने बताएका छन् । विरिड खोला उद्घाटन गर्दै उनले विकास निर्माणका कुनै हालतमा कम्प्रमाइज नहुने बताए । हामीले धेरै उद्देश्य राखेका छैनौ, उनले प्रष्टाउदै भने, विकास निर्माणका काममा कम्प्रमाइज हुनै हालतमा हुदैन् ।

 

प्रकाशित: १९ वैशाख २०७५ ००:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App