८ वैशाख २०८१ शनिबार
शिक्षा

कोरियाकाे सहयाेगमा दुर्गममा आधुनिक विद्यालय

रोल्पा– रोल्पाको दुर्गम गाउँमा आधुनिक विद्यालय भवन बनेपछि विद्यार्थी र शिक्षकहरु दंग परेका छन्। कोरियामा रहेको ‘अम हङ गिल ह्युमन फाउन्डेसन’को सहयोगमा त्रिवेणी गाउँपालिकाको बुढागाउँ सिम्पानीमा रहेको जनकल्याण माध्यामिक बिद्यालयका लागि अत्याधुनिक भबन बनेको हो। १८ कोठाको ३ तले उक्त भवन निर्माणको तयारी गरिएको भएपनि हाल शैक्षिक सत्र सुरु भइसकेकाले २ तलामा १२ कोठा तयार गरि भबन उद्घाटन तथा हस्तान्तरण गरिएको छ। बाँकी ६ कोठा पनि निकट भबिष्यमा निर्माण सकाउने फाउन्डेसनले बताएको छ। 

‘फाउन्डेसनको सहयोगमा नेपालका बिभिन्न जिल्लामा यस्ता प्रकारका १५ भबन तयार भइसकेको छ। यो सहयोग होइन मायाँ हो। राम्रोसंग पढ्नु पढाउनु। हामी आउँदा दिनमा पनि यो बिद्यालयलाई सहयोग गरिरहने छौं’, फाउन्डेसनका संस्थापक अम हङ गिलले भबन उद्घाटनका क्रममा भने– ‘कोरियामा रहेको थेगु महानगरपालिकाका ३० हजार बिद्यार्थीले पकेट मनिबाट छुट्याएको सिक्का जम्मा गरेर भबन तयार पारिएको हो। हामीले पनि पैसा जम्मा गर्न पटक पटक कपडा बेचेका छौ।’

करिब २ करोड खर्च भई सकेको यो भबन सम्पन्न हुँदा जम्मा ३ करोड खर्च हुने अनुमान फाउन्डेसनले गरेको छ। गरिब बिद्यार्थीलाई बिद्यालय जान सजिलो होस भन्नका लागि बिपन्न परिवारलाई दुहुनो भैँसी समेत उपलब्ध गराइएको छ। अहिले पहिलो चरणमा ६ घर अति बिपन्न परिवारलाई भैँसी दिइएपछि त्यसको केही आम्दानी बिद्यालयले पनि पाउने छ। ‘मासिक १२ सय विद्यालयलाई दिने बाँकी आफुले दुध बिक्री गर्ने र छोराछोरी पढाउन, घर खर्च चलाउन प्रयोग हुनेछ’, अभिभावक लालसिंह वलीले बताए। 

‘हामीले यहाँको शिक्षा सुधारका लागि उताबाट शिक्षक पठाउने छौं भने प्राबि, निमाबि र माबिका उत्कृष्ट एक एक जना बिद्यार्थी र शिक्षकलाई हरेक बर्ष कोरियाको शैक्षिक अबस्था देखाउन उता लैजाने छौं। हाम्रो ठाउँका करिब ३० हजार बालबालिकाको पकेट मनिबाट छुट्याईएको सिक्कालाई जम्मा गरेर नेपाल ल्याएका हौं। यो सहयोग होइन माया हो’, थेगु महानगरपालिकाका शिक्षा प्रमुख उ दोङ गिले बताए। 

शैक्षिक गुणस्तरका हिसाबले कमजोर जनकल्याण माबिमा आधुनिक भबन र फर्निचर हस्तान्तरण भए संगै शैक्षिक सुधार पनि हुनेमा बिद्यालय प्रशासनले बिश्वास लिएको छ।

प्रकाशित: १८ वैशाख २०७५ १६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App