coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइपीएल : बेंग्लोरले मुम्बईलाई दियो १६८ रनको विजय लक्ष्य

बेंग्लुरु– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत रोयल च्यालेञ्जर्स बेंग्लोरले घरेलु मैदानमा मुम्बई इण्डियन्ससामु १६८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

बेंग्लुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको घरेलु टिम बेंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पार्यो। 

बेंग्लोरका लागि मनन बोहराले सर्वाधिक ४५ रन बनाए। ३१ बलमा बोहराले २ चौका र ४ छक्का प्रहार गर्न भ्याए। ब्रेण्डन मैक्कुलमले २५ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे। कप्तान विराट कोहली २६ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए। मन्दिप सिंहले १४ रन बनाए।

बलिङतर्फ हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए।

प्रकाशित: १८ वैशाख २०७५ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App