१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुबाट १ सय ७१ जना मक्का मदिना जाँदै

कपिलवस्तु-साउदी अरब स्थित मक्का मदिना जानका लागि जिल्लाबाट हज यात्री प्रस्थान गरेका छन्। जिल्लाका तीन दर्जन गाबिसबाट १ सय ७१  हजयात्री हज यात्राकाक्रममा आईतबार काठमाडौं प्रस्थान  गरेका हुन। सदरमुकाम तौलिलवा, पकडी, लवनी चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडौं लागेका हुन । हज यात्रीलाई बिदाई गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलहरुका ठूलो भीड लागेको थियो। ७३  महिलाहरु संरक्षक मेहरम) संगै हज यात्राका लागि काठमाडौं तर्फ लागेका छन्। गत बर्ष पनि १ सय ७१ दुई सय  हज यात्रा गरेका  थिए। बक्राईदन मनाउनका लागि उनीहरु ४५ दिने यात्राका लागि त्यहा जान लागेका हुन्।

मुलुकभरबाट कुल १ हजार १० हजयात्री मध्ये जिल्लाबाट १ सय ७१ जादै छन्। रुपन्देहीबाट १ सय ३६, सुनसारीबाट १ सय १८ बाकेबाट ९७, रौतहटबाट ६८ हज यात्रामा जाने भएका हुन्। कपिलवस्तुका हजयात्री भदौ १५ गते काठमाडौंबाट अरब जाने कार्यक्रम छ।

प्रकाशित: १२ भाद्र २०७३ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App