coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फोरमको ८७ सदस्यीय समाजवादी ट्रेड युनियन महासंघ घोषणा

काठमाडौं– संघीय समाजवादी फोरम नेपालको श्रमिक संगठन समाजवादी लोकतान्त्रिक ट्रेड यूनियन महासंघको एकीकरण घोषणा भएको छ। राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र र समाजवादी ट्रेड यूनियन महासंघबीच एकीकरण भयो। 

मंगलबार राजधानीमा आयोजित एक समारोहमा फोरम अध्यक्ष उपेन्द्र यादवले श्रमिक हकहित र संरक्षणको लागि संघर्षरत समाजवादी ट्रेड यूनियन महासंघ एकीकृत भएको घोषणा गरे। एकीकरणपछिको ट्रेड यूनियन महासंघको अध्यक्षको जिम्मेवारी नवराज दाहालले पाएका छन्। महासंघको सहअध्यक्षमा जोगीलाल यादव, वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल छन् ।

उपाध्यक्षमा विन्देश्वर राय यादव, सुनितादेवी बराल, प्रेम भुजेल, सपना अर्याल र हेमन्त माण्डव छन्। त्यस्तै, महासचिवमा डिबी सरोज राई रहेका छन्। उपमहासचिवमा हरिश दाहाल, दयाराम राई, शैलेन्द्र बैद्य र बलराम चौधरी चुनिएका छन्।

सचिवमा यज्ञकुमार राई, कुलमाया गोले, बासुदेव यादव, गोपाल राई, राजेन्द्र भुषाल र रामविलास यादव छन्। शोभा मण्डललाई कोषाध्यक्षको जिम्मेबारी दिएर ८७ सदस्यीय ट्रेड यूनियन महासंघ एकीकरण घोषणा भएको छ। 

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत नेतागणको उपस्थिति थियो। 

प्रकाशित: १८ वैशाख २०७५ १५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App