६ वैशाख २०८१ बिहीबार
कला

रारा तालमा ‘भद्रगोल’ टिम

जुम्ला– चर्चित हास्य टेलिश्रृंखला भद्रगोलको १ सय ७० औं अंक मुगुको रारातालमा सुटिङ गरिएको छ। जुम्लामा सञ्चालित प्रादेशिक महोत्सवमा पुगेको मौका छोपेर भद्रगोलका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले रारा तालमै पुगेर भद्रगोलको १ सय ७० औ अंक छायांकन गरेका हुन्।

कर्णाली प्रदेशमा हिरा फलिरहेको छ, तर हिराको सहि मुल्यांकन नहुँदा मूल्य विहिन बन्दै गइरहेको भन्दै पर्यटन प्रवर्द्धनका लागि भद्रगोलको सुटिङ रारा तालमै गरिएको निर्देशक घिमिरेले जानकारी दिए। ‘यो अंकमा कर्णालीको समृद्धिको कथा उतारिएको छ। कर्णाली संभावनाको खानी हो, कर्णालीलाई सिंगार पटार गर्न सके मात्र नेपालको आधा हिंसालाई पाल्ने क्षमता राख्न सक्दछ’, निर्देशक घिमिरेले भने, ‘यसका लागि टेवा पुगोस भन्नका लागि स्वर्गकी अप्सराको वर्णन गर्न सुटिङ गरेका हौं।’ उनका अनुसार राराको प्रचार प्रसार, संरक्षण र व्यवस्थापन गर्न सकेमा कर्णाली प्रदेशले सरकार चलाउनकै लागि क्रण जोहो गर्नु पर्दैन। आर्थिक रुपमा सशक्त भएर आत्मनिर्भर कर्णालीको सन्देश प्रवाह गर्न सक्ने हिम्मत राख्दछ। 

उनले रारामा पर्यटकलाई होटलवालाले ठग्ने गरेको बताए। ‘जुनसुकै पर्यटकलाई राराले आकर्षण गरिरहेको छ, एक पटक फेरि पुग्न निम्तो गइरहेको महशुस भइरहेको हुन्छ’, कुमार कट्टल (जिग्री)ले भने, ‘तर व्यवस्थापकीय पक्ष कमजोर हुँदा आउने पर्यटकलाई समेत भगाउने प्रयत्न भइराखेको छ। उनका अनुसार राराताल स्वर्गकी परि हो, तर उचित स्याहारसुसार र सिंगारपटार अभावमा छट्पटाउन बाध्य छ। उनले सुर्खेत, कालिकोट हुँदै राराताल पुग्ने सडकलाई दुई लेन बनाएर पक्की बनाउन र हवाई सेवालाई प्रभावकारी र नियमित बनाउन सके कर्णाली प्रदेश सरकारले संघीय सरकार चलाउनको लागि उल्टै क्रण दिन सक्ने अवस्था आउने बताए।

कथामा सुन्दर राराताल, एक पटक पर्यटकको पुग्नै पर्ने अभिलाषा समावेश गरिएको छ। तर होटलमा आन्तरिक पर्यटक र वाह्य पर्यटकलाई गर्ने व्यवहार विचको गहिरो खाडललाई चित्रित गरिएको छ। रारातालमा भद्रगोल सुटिङ सकाईसकेपछि जुम्ला पुगेका उनीहरुले सांस्कृतिक, सामाजिक, भौगोलिक, प्राकृतिक सुन्दरताले भरिपुर्ण क्षेत्र भएपनि यहाँका अगुवाको ध्यान पुग्ने नसकेको बताए। पाँडेले भने, ‘खस सभ्यताको जननी सिजा राज्य हुदै राराताल पुग्नुको मजा बेग्लै छ। तर बाटो साघुँरो छ, खानबस्न समस्या छ, तर रारा तालमा पुग्ने हरेक पर्यटकले तालको सुन्दरतासंगै भोग, निद्रा, थकान सबै मेटिएको र बेग्लै संसारमा आएको अनुभुति गर्ने गर्छन्।’ 

भद्रगोल  कर्णाली प्रदेशको जुम्लामा पनि सुटिङ गर्ने उनीहरुको योजना छ। जहिल्यै पनि राज्यको नगरमा रोग, भोग र अभावको सिकार कर्णाली लगानी गर्न सकेमा सम्पन्नशाली बवन्न सक्ने सन्देश सहितको राज्यको ध्यानकर्षण गराउन थालेको उनीहरुले बताए। 

कर्णाली प्रदेश सरकारले रारा तालमा कर्णाली रारा पर्यटन वर्ष २०७५ घोषणा गरेर पर्यटन आकर्षणका क्रियाकलाप अघि सारिसकेको छ। कर्णाली प्रदेशको राजधानी पुग्ने जो सुकैले कर्णालीको रारा, से फाक्सुण्डो, पचाल झरना अवलोकन गर्न पाउने वातावरण सृजना गर्ने तयारी थालिरहेको छ। 

पाँडेले भने, ‘कर्णाली प्रदेश सरकारलाई सघाउनको लागि भद्रगोलको यो अंक रारामै पुगेर सुटिङ गरेका हौं।’ कर्णालीको हिरा चिनाउनका लागि गरिएको यो प्रयत्नलाई प्रदेश सरकारले वास्ता नगरेको उनीहरुको गुनासो छ। 

प्रकाशित: १८ वैशाख २०७५ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App