coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा वनभोज

काठमाडौं– नेपाल रिपब्लिक मिडियाको वितरण विभागले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा वनभोज कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा वितरण विभागमा कार्यरत कर्मचारी सहभागी भए।

गोदावरीमा आयोजित वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले छापा पत्रकारिताको प्रक्रियामा वितरकको भूमिका महत्वपूर्ण रहने बताए। निर्देशक शोभा ज्ञवालीले सवेरै सक्रिय हुने वितरककर्मीको जागरुकताले जीवन दर्शनमा पनि सँधै क्रियाशील भइरहन प्रेरित गर्ने गरेको बताइन्।

नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले प्रकाशन गृहमा वितरकको भूमिका अति नै महत्वपूर्ण हुने बताए भने रिपब्लिका दैनिकका सम्पादक सुभास घिमिरेले दैनिक प्रकाशनहरुमा खोजी पत्रकारितालाई प्राथमिकता दिइएको बताए। यसैगरी शुक्रवार साप्ताहिकका सम्पादक केपी ढुंगानाले सम्पादकीय विभागमा कार्यरत व्यक्तिहरु सेफ र वितरणमा कार्यरत वेटर जस्तो भएको बताउँदै ग्राहको तालि र गाली वितरकले नै पहिला थाहा पाउने बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App