८ वैशाख २०८१ शनिबार
कला

सलमानलाई राहत, अदालतले दियो सफाई

मुम्बई– कालो हरिण (कृष्णसार) शिकार मामिला र हिट एण्ड रन मुद्दा खेपिरहेका बलिउड अभिनेता सलमान खानले जातिवादी टिप्पणीसम्बन्धी मुद्दामा भने सफाई पाएका छन्। अल्पसंख्यक जातिलाई होच्याएको आरोपमा सलमानसहित अभिनेत्री शिल्पा सेट्टीविरुद्ध परेको रिट निवेदन लुधियाना कोर्टले खारेज गरिदिएको हो।

समाचार संस्था एएनआईका अनुसार अनुसूचित जाति एवं जनजाति (अत्याचार निरोधक) ऐनअन्तर्गत दुबै कलाकारविरुद्ध कारवाहीको मागसहित उजुरी परेको थियो।

सलमानले फिल्म ‘टाइगर जिन्दा है’को प्रमोशनका क्रममा एक टेलिभिजन कार्यक्रममा ‘भंगी’ शब्द प्रयोग गरेका थिए। त्यस्तै, शिल्पाले आफ्नो फेशन च्वाइसबारे बताउने क्रममा ‘भंगी’ शब्दको प्रयोग गरेकी थिइन्। आफ्नो खराबी चरित्रलाई दुबै कलाकारले ‘भंगी’ शब्दसँग तुलना गरेका थिए।

तर, वाल्मिकी समाजले यो शब्दलाई खराबीसँग तुलना गरेको कडा आपत्ति जनायो। यो जातिसूचक शब्दको गलत प्रयोग गरेको भन्दै दुबैविरुद्ध मुद्दा हालेको थियो। जसलाई अदालतले खारेज गरिदियो।

कालो हरिण मामिलामा दोषी ठहर भई जमानतमा रिहा भएका सलमानलाई जातिवादी टिप्पणी मामिलामा भने राहत मिलेको छ। उनी अहिले फिल्म ‘रेस ३’ को सुटिङ्गमा व्यस्त छन्। 

प्रकाशित: १८ वैशाख २०७५ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App