अलैँची कृषकलाई विद्युतीय भट्टी

मङ्गलबार, १८ बैशाख २०७५, १५ : ३८ नागरिक

लमजुङ – लमजुङका अलैँची कृषकले विद्युतीय अलैँची भट्टी पाएका छन्। अलैँची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो।

नेपाल हब्र्स तथा हर्बल उत्पादन संघको ८० प्रतिशत अनुदानमा ल्याइएको सो भट्टी विद्युत् र सौर्य ऊर्जाबाट समेत प्रयोग गर्न सकिने अत्याधुनिक प्रविधिको रहेको छ। सम्भवत् विद्युतीय अलैँची भट्टी नेपालमै पहिलोपटक भित्रिएको जिल्लास्थित अलैँची व्यवसायी महासंघको दाबी छ।

साविकका अलैँची भट्टी भन्दा विद्युतीय भट्टीमा धुवाँरहित, समयको बचत, कम जनशक्ति र उत्कृष्ट प्रशोधन हुने महासंघका अध्यक्ष अजय तामाङले बताए। “पहिला दाउरा खोज्ने झन्झट थियो धुवाँसँग खेल्नुपथ्र्यो” अध्यक्ष तामाङले भने “अब दाउरा खोज्ने झन्झट हरायो, दिउँसो सोलार र राति बिजुलीबाट अलैँची सुकाइन्छ।”

यसअघिका भट्टीमा पनि १८ घण्टा भन्दा बढी लाग्ने गरेकामा विद्युतीय भट्टीमा ६ देखि ८ घण्टामा अलैँची सुक्ने बताइएको छ। पुरानो भट्टीमा भन्दा दुई तिहाई जनशक्ति कम लाग्ने पनि महासंघले जनाएको छ।

अलैँची बाहेक अन्य जडीबुटी सुकाउन पनि प्रयोग गर्न सकिने एउटा भट्टीको मूल्य दुई लाख ७० हजार रहेको बताइएको छ। पहिलो चरणमा ल्याइएका भट्टी जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७, लुदी र छिनखोला, दोर्दी–८ खिन्चोक, क्होलासोथार–६ घाम्राङ, दूधपोखरी–३ सानोकाभ्रे र बेँसीशहर–१० खाँचे गाउँमा वितरण गरिएको छ।

जिल्लामा अलैँची पकेट क्षेत्रलाई मिलाएर अलैँची जोन बनाइ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सञ्चालन भएको छ।  (रासस)





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad