भेषराजको उत्प्रेरक कर्म

मङ्गलबार, १८ बैशाख २०७५, १४ : ४५ युवराज विवश

दमक- झापाको दमक ८ का भेषराज न्यौपाने नेपाली सेनाको लेफ्टिनेन्ट हुने थिए। २०६१ सालमा उनको जिन्दगीमा बिपत्ती नआएको भए। दिनहुँ म्याराथन लाउदे, ६,७ किलोमिटर। संगैका साथीहरु सेनामा जागिरे भए । अहिले भेषराज भने ह्विल चेयरमा म्याराथन दौडिरहेका छन् । फरक यति हो, उनले त्यसबेला साचेका सपना त्यसबेलै सकिए। जिन्दगीले नयाँ मोड लियो । उनी अहिले धेरैका उत्प्रेरक भए । जिन्दगीलाई बुझ्ने परिभाषा फेरियो । ६ बर्षदेखि त दैनिकी नै बदलियो।

३२ बर्षिय भेषराज न्यौपाने १८ बर्षको उमेरमा २०६१ को फागुनमा घरको बरण्डामा खसे । उपचारका लागि अनेकौ ठाउँमा लागियो । स्पाइनल इन्जुरी भए पछि झन्डै ३ वर्ष त ओच्छायानमा दिन बिताए । हल चल नहुने मुढो शरिर लमतन्न सुत्थे। बिस्तारै शरिर सम्म उठ्ने भयो । पुस्तक पढ्न थाले । अनि तीनै पुस्तकले अहिले उनको जीवन फेरियो। अहिले दमकका अधिकांश कार्यक्रममा उनको सहभागीता अनिवार्य नै छ । शरिरको तल्लो भाग चल्दैन। ह्विलचियरको सहायताले अधिकाशं कार्यक्रममा पुग्छन् । उनका अब सपना फेरिए । जिन्दगीलाई हेर्ने परिभाषा बदलियो । 'सोच लेफ्टिनेन्टको राखेको थिए, बिहानै उठेर दमक २ फन्को लगाउने गरेको थिए', बिगतमा पुग्छन उनी, 'संगै दोडिने साथी अहिले एयरर्पोटमा सेनाको जागिरे छ, म भने अहिले ह्विल चेयरमा।'

झन्डै २ महिना होसमा नआएपछी निरन्तरको उपचार, साधना र व्यायम पछि उनी अहिले ओच्छायनमा अडिन सक्ने भएका छन् । खुट्टा छन, तर भर पर्न सकिदैन । बल्ल बल्ल हातले काम गर्न थालेको छ। तर उनको दिमाग भने तेज छ। 'निरन्तरको अध्ययन पछि जीवनमा हेर्ने दृष्टिकोणमा फरक आयो', उनले सम्झिए, 'मैले हात चल्न थालेपछी पुस्तक पढे र अब जीवन नयाँ ढंगमा बिताउने प्रण गरे।' अहिले उनको दैनिकी फरक छ, दिनहुँ भेट गर्न सम्म मान्छे घरमै आउँछन्। सातामा प्राय उनी अध्यक्ष रहेको दमक पब्लिक लाइब्रेरीले कार्यक्रम गरिरहेको हुन्छ। 'म बिरामी भएर ओच्छायनमा हुदाँ परिवारमा सान्तवना दिन मान्छेहरु आउने गर्थे, उनले भने, अब यस्तै भइगो, भनेर मलाइ थप पीडामा पुर्योउँथे तर पुस्तकले मेरो दृष्टिकोणमा पुरै परिवर्तन गरिदियो', उनी भन्छन्।

अहिले उनका सपना फेरिएका छन्। बिवाह गर्ने, घर परिवार बसाउने, पैसा कमाउने बिगतका सपनाहरुले अहिले उनलाई सताउँदैनन्। 'जीवनको लामो सपना केही नै देखेको छैन', उनले भने, 'सपना सबै पुरा गर्नका लागि हुने नहुने रहेछन्।' उनका केही ड्रिम प्रोजेक्छ भने छन्। दमक बाहेक, बेलबारी बिर्तामोड र कन्काइमा सुविधासम्पन्न पुस्तकालय बनाउने। तर ती पुस्तकका मात्रै पुस्तकालय हुने छैनन, बौद्धिक बहस हुने थलो हुने छन्।

'पुस्तकले जीवन बदल्न सक्छ', उनले भावी योजना सुनाउदै भने, 'बहुउपयोगी, सुविधासम्पन्न र बिषगत पुस्तकालय बनाउने सपना भने अहिले पनि देखि रहन्छु।' उनको यो सपनामा केही सहयोगीहरु भने जुटेका छन्। बिदेशमा रहेका बिदेशी साथीहरुको सहयोग उनलाई छ। निर्वाहका लागि केही स्थानमा साझेदारीमा लगानी गरेका छन्। अष्टेलियामा बस्दै आएकी उनकी दीदी अहिले ढुक्कै उनकै सेवामा खटिएकी छिन्। आमाको निधन पछी केही बिक्षिप्त पनि भए भेषराज। 'जीवनमा मेरो शरिरको भाग नचल्ने पीडामा रहेको भए म दिमागी बिरामी हुने निश्चित थियो', उनले भने, 'तर मेरो जीवनलाई सकारात्मक बनाउनका लागि मैले जानेको कुरा बाँड्दै हिड्न थाले।' भेषराज सहितको टिम दमकमा उद्यमशिलता विकासको काममा समेत लागेका छन्। ज्ञान भएकाले ज्ञान बाँड्ने अनि आर्थिक सामार्थ्य भएकाले लगानी गर्ने।

गुनासा भेषराजका पनि केही छन् । सरकारी सहयोग भने भएन । दमक नगरपालिकाले उनको जिविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको २ बर्ष भयो । ६ महिनाको ३० हजार बाहेक अन्य थापेनन्। 'नगरपालिकाबाट आउने पैसाले अन्य केही नयाँ काम गरु भन्ने लागेको थियो', उनले सपना सुनाए, 'तर त्यसपछी बारम्बार ताकेता गर्दा समेत रकम पाइएन्।' केही स्थानमा सहयोग गरुला भनेर साचेका भेषराजले नगरपालिकाबाट वृत्ति विकासका लागि दिइने रकम नपाएपछी त्यो पनि रोकियो।

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad