६ वैशाख २०८१ बिहीबार
समाज

छात्रावासको मापदण्ड तोकिनुपर्ने

काठमाडौं – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले समाजको विकास तथा राम्रा कार्यका लागि नपुग भएका कानूनलाई प्रक्रिया पुर्याएर अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल होस्टल एशोसिएसनको छैटौं वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित पदयात्राको शुभारम्भ गर्दै मन्त्री तामाङले आगामी असोजभित्र ११४ कानुन निर्माण गर्नुपर्ने बताए।

एशोसिएसनका अध्यक्ष चेतबहादुर दाहाल र महासचिव गोविन्द गिरीले छात्रावास व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले आवश्यक पूर्वाधारलगायत मापदण्ड तोक्नुपर्ने बताए।

अहिले काठमाडौं उपत्यकामा करिब ६०० छात्रावास छन्। त्यहाँ बस्ने विद्यार्थीलाई निश्चित रकमका आधारमा खान, बस्नलगायत सुविधा उपलब्ध गराइएको बताइएको छ।  (रासस)

प्रकाशित: १८ वैशाख २०७५ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App