मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने

मङ्गलबार, १८ बैशाख २०७५, १२ : ५७ नागरिक

ललितपुर – रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ।

यस पटक हेरिने साइतले भोटोजात्रा कहिले हुन्छ भन्ने टुङ्गो लगाउनेछ। अहिले देवता थटिटोलमा छ। साइत जुन दिनको निस्कन्छ त्यही दिनमा जाउलाखेल लगिने ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी बताउछन्। जाउलाखेल पुगेको चार दिनका दिन भोटोजात्रा देखाइने गरिन्छ।

यस वर्ष आगामी जेठ २ गतेदेखि एक महिनासम्म मलमास छ। त्यसभन्दा अघि वा पछि रथलाई जाउलाखेल पु-याइन्छ। मलमास अवधिभर रथ तान्नु शुभ मानिँदैन। जोशी भन्छन्, ‘त्यसैले भोटोजात्राको पनि कि त मलमास पहिलेको साइत निस्कन्छ कि त त्यसपछि।’

रातो मछिन्द्रनाथको जात्राका लागि दुई चरणमा साइत हेरिन्छ। पहिलो चरणमा बुङ्गमतीबाट पाटन ल्याउनका लागि तथा दोस्रो चरणमा रथ थटिटोलमा पुगेपछि जाउलाखेल लैजानका लागि हेरिन्छ। थटिटोलबाट जाउलाखेलसम्मको रथयात्रालाई मछिन्द्रनाथको बाह्य लोकको भ्रमणसमेत भनिन्छ। त्रिलोक भ्रमण सम्पन्न भएपछि बाह्य लोकको भ्रमण हुने गर्छ। जाउलाखेलसम्मको रथ तान्नका लागि नगरका बाहिरी भागका मानिस सहभागी हुन्छन्। उनी भन्छन्, ‘विशेष गरेर कीर्तिपुरवासी रथ तान्न आउने गरेका छन्।’

काठमाडौं उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको मछिन्द्रनाथको जात्रालाई ललितपुरवासीले विशेष महत्वका साथ मनाउने गरेकाछन्। मछिन्द्रनाथलाई सहकाल र वर्षाका देवता मानिन्छ। रथ यात्रा हुन थालेपछि काठमाडौं उपत्यकामा वर्षा हुने पाइएकाले त्यो प्रिमनसुन वा देवताको शक्ति हो भन्ने तर्कहरु आइरहेका छन् । रासस





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad