८ वैशाख २०८१ शनिबार
समाज

माेटरसाकइल दुर्घटनामा युवकको मृत्यु

पोखरा- लेखनाथ नगरपालिका–३ आयुर्वेद चोकमा गएराति ११ः३० बजे भएको मोटर साइकल दुर्घटनामा एक युवकको मृत्यु हुनुको साथै दुई जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी पूर्णबहादुर दराईले चलाएको लु १९ प ४९४१ नम्बरको मोटरसाइकलले ग.११ प ७३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लेखनाथ नगरपालिका–२ का वर्ष ३४ का ज्ञान पुन सख्त घाइते भएको र उनको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए।

दुर्घटनामा घाइते ट्राफिक प्रहरी दराईको मणिपाल शिक्षण अस्पताल र अर्का घाइते लेखनाथ नगरपालिकाका लील पुनको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित: १२ भाद्र २०७३ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App