coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अग्निपीडितलाई इजरायलका नेपालीको सहयोग

उदयपुर – उदयपुरको नेपालटारका अग्निपीडितलाई इजरायलमा कार्यरत एक नेपाली चेलीले रहात सहयोग गरेकी छन्। गत चैत २४ गते स्थानिय नारायण तामाङको घरबाट सुरु भएको आगलागीले ध्वस्त पारेको उदयपुरगढी गाउँपालिका ६ नेपालटारका ८ घरधुरी अग्निपीडितलाई इजरायलमा कार्यरत माया घलेले राहत सहयोग गरेकी हुन्।

वैदेशिक रोजगारीको क्रममा विगत ७ वर्षदेखि इजरायलमा रहेकी उदयपुरगढी ४ डुम्रेकी मायाले पठाएको ९२ हजार रुपैयाँ राहत आइतबार एक कार्यक्रमकाबीच पीडितलाई बितरण गरियो। मायाकी दिदी टीका र गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले घट्नास्थलमै पुगेर पीडितहरुलाई नगद रकम प्रदान गरे।

आफु जन्मेहुर्केको ठाउँमा आगलागी भएर क्षति पुगेको समाचार नागरिकन्युबाट थाहा पाएपछि थोरै भएपनि पीडितको घाउमा मल्हम लगाउन बिभिन्न व्यक्तिसँग संकलन गरेर सो सहयोग जुटाएको उनले फोनमा कुरा गर्दै बताएकी छन्। मायाले प्रदान गरेको सहयोग रकमबाट अग्निपीडित ८ परिवारमध्ये सबभन्दा कमजोर टीकामान तामाङलाई १५ हजार रकम प्रदान गरिएको छ। अन्य ७ परिवारलाई ११ हजारका दरले रकम प्रदान गरिएको छ।

आगलागी भएको महिना दिन पुग्न लागे पनि पीडितहरुको उद्धारमा ठोस सहयोग हुन नसकेको स्थानिय समाजसेवी बोधकुमार घिमिरेले बताए। गाउँपालिका अध्यक्ष मगरले विपतमा परेकालाई सहयोग गर्न गाउँसभा अधिवेशनले भर्खरै कार्यविधि पारित गरेको भन्दै अवका दिनमा आगलागी र अन्य विपत पर्दा वडाबाटै ७ दिनभित्र सहयोग उपलब्ध गराइने बताए।

प्रकाशित: १८ वैशाख २०७५ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App