coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाल बिबाह गर्ने विरुद्ध मुद्दा

कृष्ण ओली

बाजुरा- जिल्ला अदालतमा बाल विवाहको मुद्दा दर्ता भएको छ। केटी पक्षको आफन्तको नामबाट जिल्ला अदालत बाजुरामा मुद्दा दर्ता गरिएको हो। बाल विवाहको मुद्दा पहिलो पटक अदालतमा दर्ता गरिएको प्रहरी नायव निरीक्षक कृष्ण खड्काले बताए।

मुद्दा कैलाशमाडौं ८ घर भएका २४ वर्षका टेकबहादुर सार्कीका विरुद्धमा दर्ता गरिएको हो। उनले १५ वर्ष उमेरको बालिकासँग बिहे गरेका थिए। नेपालको कानुन अनुसार १६ र अन्तराष्ट्रिय कानुन अनुसार १८ वर्ष मुनिकाका व्यक्तिलाई बालबालिका भनिएको छ।

कानुन अनुसार २० वर्ष उमेर नपुगी बिहे गर्न नपाईने प्रावधान छ। अन्धविश्वास, अज्ञानता र पछिल्लो समय आधुनिक मोबाई लगायतका प्रविधिको विकासले बाल विवाहका घटनाहरुरु दिन प्रतिदिन बढीरहेका छन् । तर जिल्ला अदातलमा भने मुद्दा पहिलो पटक दर्ता गरिएको हो।

यस अघि जिल्ला प्रहरी कार्यालयमा पुगेर आफन्तको कहाँ जिम्मा लगाएर विहे रद्द गर्ने सम्मका घटना भएपनि अदालति प्रक्रियामा पहलो पटक गएको नायव निरीक्षक खड्काले बताए । जिल्ला अदालतले आईतबार नै ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको छ ।बालिका पक्षबाट निजका बुबाले उजुरी गरेका छन् ।

बालिकाको उमेर अन्तर हेर्दा ६ महिना सम्म कैद र १० हजार जरिवानी हुने देखिन्छ । अनुसन्धान जारी रहेकोले कारवाही बारे अहिले नै भन्न नमिल्ने प्रहरीको भनाई छ । बाल विवाहले जिल्लामा विकराल रुप लिँदै गरेको छ।

 

प्रकाशित: १२ भाद्र २०७३ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App