१० वर्षमा १० हजार मेगावाट विद्युत्

मङ्गलबार, १८ बैशाख २०७५, ०७ : ४६ हिमनाथ देवकोटा

रसुवा – नेपालमा १० वर्षे ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकलाई सफल पार्नका लागि १० हजार मेगावाट विद्युत् उत्पादन गरिने भएको छ।

विद्युत् उत्पादनका लागि मुलुकमा पर्याप्त जलस्रोत तथा जनशक्ति भएको र सरकार पनि स्थिर हुने भएकाले ऊर्जा मन्त्रालयले महŒवकांक्षी योजना अघि सारेको हो।प्रेस सेन्टर नेपाल रसुवा शाखाले आइतबार चिलिमे जलविद्युत् आयोजना कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी पाँच वर्षभित्रै करिब ६ हजार मेगावाट विद्युत् उत्पादन हुने बताए।

 ‘हामीले १० वर्षे योजना बनाएका छौं,’ मन्त्री पुनले भने, ‘हाम्रो कार्यकालमा ६ हजार मेगावाट विद्युत् उत्पादन हुने छ ।’ योजना सफल बनाउनका लागि स्वेतपत्र निर्माण भइरहेको मन्त्री पुनले जानकारी दिए । निर्माण भइरहेका आयोजनाको मन्त्रालयले तीन–तीन महिनामा समीक्षा गर्ने उनको भनाइ छ।

‘तीन महिनामा आयोजनामा भएको प्रगति, आयोजनाभित्र देखिएका समस्याबारे मन्त्रालयमा समीक्षा गर्छौं,’ उनले भने, ‘आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्नका लागि हाम्रो तर्फबाट नियमित समन्वय गर्छौं।’

लाइसेन्स होल्ड गर्ने तथा लाइसेन्स बिक्री गर्नेको लाइसेन्स खारेज गरिने बताइएको छ । लाइसेन्स लिएर काम अघि नबढाएको, सर्भेको लाइसेन्स लिएर काम नगर्नेको लाइसेन्स खारेज गरिने र विद्युत् खरिद बिक्री सम्झौता गरेर काममा ढिलाइ गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने मन्त्री पुनले बताए।

जलविद्युत् आयोजना निर्माणले स्थानीयस्तरमा रोजगारी सिर्जना, स्थानीयलाई १० प्रतिशत सेयर पाउने व्यवस्था र प्रभावित क्षेत्रमा पूर्वाधारमा भएको विकासका कारण स्थानीयको अपनत्व महसुस गरेकाले आयोजना निर्माण गर्न सहज भएको छ।

जलविद्युत् आयोजना अवलोकन
मन्त्री पुन, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जलविद्युत् केन्द्रका प्रमुख, नुवाकोटका सांसद लगायतकोे टोलीले रसुवा र नुवाकोटमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाको अवलोकन गरेका छन् ।
जलविद्युत् आयोजनाको अवस्था, नीतिगत तथा व्यवहारिक समस्या र समाधानका विषयमा जानकारी लिनका लागि सातवटा जलविद्युत् आयोजनाको अवलोकन गरिएको हो।

निर्माण भइसकेका २२ मेगावाट क्षमताको चिलिमे र पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् आयोजनाको अवलोकन गरेको छ।त्यस्तै माथिल्लो त्रिशुली एक, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी, रसुवागढी, माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजना अवलोकन गर्नुका साथै आयोजनाका समस्या र  समाधानका उपायबारे छलफल गरेको छ।

त्यस्तै जलविद्युत् आयोजना अवलोकन गर्ने क्रममा टोलीले आयोजना, ठेकेदार कम्पनी र परामर्शदातालाई समयसीमा भित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ।जलविद्युत् हवको रुपमा विकास भइरहेको जिल्लामा निर्माणाधीन आयोजना समयमा सम्पन्न गर्न ऊर्जामन्त्री पुनले आग्रह गरेका छन् । अधिकांश जलविद्युत् आयोजना इपिसी मोडलमा निर्माण भइरहेकाले समयमा नै निर्माण सम्पन्न गर्न सकेमा लागतको समस्या नआउने उनले बताए।

पाँच वर्षभित्र जिल्लामा करिब ६ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने देखिएको छ । प्राधिकरणले निर्माण गरिरहेको चिलिमेदेखि मातातिर्थसम्मको प्रसारण लाइन निर्धारित समयभित्रै पूरा हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
 

दर्जन आयोजना निर्माण हुँदै
जिल्लामा अहिले १२ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण भइरहेका हुन्।

न्यूनतम पाँच मेगावाटदेखि दुई सय १६ मेगावाट क्षमताका आयोजना निर्माण भइरहेको विद्युत् विकास विभागले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा एउटा र बाँकी आयोजना निजी क्षेत्रबाट निर्माण भइरहेको बताइएको छ।जिल्लाभित्रै निर्माण हुन लागेको आयोजनाबाट ५८८.७२ मेगावाट विद्युत् उत्पादन हुने छ । आगामी पाँच वर्षभित्र यी आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिने छन्।

इजाजत लिएर निर्माण प्रक्रिया सुरु गरिसकेका आयोजनामध्ये दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक, एक सय ११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए, ४२.५ मेगावाटको सान्जेन, २० मेगावाटको लाङटाङखोला रहेका छन्।

त्यस्तै १४.८ मेगावाटको माथिल्लो सान्जेन, १४.७ मेगावाटको फलाखुखोला, १४.३ मेगावाटको माथिल्लो मैलुङखोला, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए, ६ मेगावाटको न्यामन्याम र पाँच मेगावाटको फलाखु खोला रहेका छन्।रसुवागढीको ६० प्रतिशत, सान्जेनको ५०, माथिल्लो सान्जेनको ६५, माथिल्लो त्रिशुली थ्री ‘ए’को ७५ प्रतिशत, माथिल्लो मैलुङ ‘ए’को ८० प्रतिशत काम सम्पन्न भएको आयोजनाहरुले जनाएका छन् ।

 


 






यसमा तपाईको मत

अन्य समाचार

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ। ...

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बीमा कम्पनी समावेश

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रा. लि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र...

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad