coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बीभत्स फोटो प्रकाशित गर्ने ८ अनलाइनलाई काउन्सिलले पत्र काट्यो

काठमाडौं–प्रेस काउन्सिल नेपालले यही भदौ १० गते त्रिशूलीमा भएको बस दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका मानिसको शवको बीभत्स तस्बिर प्रकाशित गरेको भन्दै ८ वटा अनलाइन सञ्चारमाध्यमसँग त्यसबारे जवाफ मागेको छ।

समाजमा नैराश्य र सन्त्रास फैलाउने त्यस्ता बीभत्स तस्बिरबाट पत्रकार आचारसंहिता २०६० (संशोधित तथा परिमार्जित २०६४) को दफा ४(९) को उल्लङ्घन भएको घटनाबारे प्रारम्भिक छानबिनबाट देखिएको हुँदा ती सञ्चारमाध्यमसँग जवाफ मागिएको काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले जानकारी दिए।

काउन्सिलले अनलाइन खबर डटकम, पिसपोखरा डटकम, रातोपाटी डटकम, डिस नेपाल डटकम, एभरेस्ट दैनिक डटकम, डेमो खबर डटकम र न्यूज २४ नेपाल डटकमलाई पत्रकार आचारसंहिताको उल्लङ्घन हुनेगरी बीभत्स शवको तस्बिर किन प्रकाशित गरेको हो ? ७ (सात) दिनभित्र जवाफ पेस गर्न निर्देशन गरेको हो।

काउन्सिलले दुर्घटनामा मृत्यु भएका मानिसको शवका बीभत्स दृश्य तत्काल हटाउन उक्त आचारसंहिताको दफा ५ को ७ अनुसार निर्देशसमेत गरेको छ।

काउन्सिलले भदौ १० गते नै विज्ञप्ति जारी गरी सो दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका मानिसको शवको बीभत्स तस्बिर विभिन्न मिडियामा सम्प्रेषण गर्नु पत्रकार आचारसंहिता विपरीत भएको जनाएको थियो। रासस

प्रकाशित: १२ भाद्र २०७३ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App