७ वैशाख २०८१ शुक्रबार
अर्थ

मोबाइलको समस्या २० मिनेटभित्र पत्ता लगाइने

काठमाडौ– मोबाइल, कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेटभित्रै पत्ता लगाउने सकिने भएको छ।

आइएसओ २००९ र २०१५ बाट प्रमाणित भइसकेको एलाइन्स् ल्यापटप रिपेरिङ एन्ड ट्रेनिङ सेन्टर काठमाडौंले जुनसुकै समस्या पनि मेसिनबाट २० मिनेटभित्रै पत्ता लगाई २४ घन्टाभित्र डेलिभरी गर्न सक्ने ग्यारेन्टी गरेको जनाएको छ।

राजधानीमा पत्रकार सम्मेलन गरी संस्थाका प्रबन्ध निर्देशक दीपक पोखरेलले संस्थाले आफ्ना विद्यार्थीलाई पनि सोही लेबलकै तालिम प्रदान गरी पूर्ण दक्ष बनाउने काम गरिरहेको बताए । उनका अनुसार एलाइन्स् नेपालको सम्बन्धमा हरेक टेस्टिङ प्रविधिबाटद्वारा तालिम दिने एकमात्र तालिम सेन्टर हो । यस सेन्टरमा तालिम सिक्ने विद्यार्थी विदेशका जुनसुकै कुनामा गएर पनि काम गरी आफुलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले युवायुवतीको पहिलो रोजाइ बन्दै गएको उनको दाबी छ।

 

प्रकाशित: १८ वैशाख २०७५ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App