किमसँग वार्ता गर्न ट्रम्पले तोके ठाउँ !

सोमबार, १७ बैशाख २०७५, २२ : ०२ एजेन्सी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गरेका छन्। 

ट्रम्पले ट्वीटरमा लेखेका छन्, “बैठकका लागि कैयौँ मुलुकहरू उचित भनी व्यक्त भएका छन्। तर तेस्रो मुलुकभन्दा उत्तर र दक्षिण कोरियाको सीमास्थित शान्ति ÷स्वतन्त्रता गृह नै शान्ति र स्थायित्वका लागि धेरै प्रतिनिधिमुलक हुन सक्दैन र?” 

उत्तर कोरिया र दक्षिण कोरियाको सैन्य निषेधित क्षेत्र तथा सिमानामा रहेको कोरियाली युद्धविरामस्थल पानमुनजोममा रहेको शान्ति गृहमा गत शुक्रबार नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो। 

दुई कोरियाबीच सन् १९५३ मा युद्धविराम भएदेखि नेता किम दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो कोरियाली नेता हुन्। नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुनसँगै सिमानाको दक्षिणी भागबाट शान्ति गृहमा प्रवेश गरेका थिए।

कोरियाली प्रायदीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न कोरियाली प्रतिवद्धताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर सम्मेलनको तयारी भइरहेको छ। सोलका अनुसार उत्तर कोरियाले आफ्ना आणविक हतियार परीक्षणस्थललाई केही हप्ताभित्रमा बन्द गर्ने र यसको पुष्टिका लागि अमेरिकी विज्ञलाई निमन्त्रणा गर्ने वाचा गरेको छ। 

यदि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरूद्ध घुसपैठ नगर्ने वाचा गर्ने हो भने प्योङयाङलाई आणविक हतियारको आवश्यकता नरहने नेता किमले मुनसँगको कुराकानीमा बताएका दक्षिण कोरियाली अधिकारीले बताएका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad