coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइपीएल : चेन्नईद्वारा दिल्लीसामु २१२ रनको लक्ष्य प्रस्तुत

मुम्बई– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत चेन्नई सुपर किंग्सले दिल्ली डेयरडेभिल्ससामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै  २११ रनको योगफल तयार पार्यो। चेन्नईका लागि शेन वाट्सनले ७८ रनको पारी खेले। ४० बल खेलेका उनले ४ चौका र ७ छक्का प्रहार गरे।

अम्बति रायडू र कप्तान महेन्द्र सिंह धोनीले उत्कृष्ट साझेदारी गर्दै टिमको स्कोर उकासे। रायडू ४१ रनमा अाउँट धोनी ५१ रनमा अविजित रहे। २४ बल खेलेका रायडूले ५ चौका र १ छक्का प्रहार गर्दा धोनीले २२ बलमा २ चौका र ५ छक्का प्रहार गर्न भ्याए।
फाफ डु प्लेसिसले ३३ बलमा ३ चौका र १ छक्कासहित ३३ रन जोडे। सुरेश रैना १ रनमा आउट भए।

बलिङतर्फ अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले समान १–१ विकेट लिए।

प्रकाशित: १७ वैशाख २०७५ १६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App