coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु

काठमाडौं– सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्धारा सञ्चालित सीआइएनले बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले सय दिनमा रेडियोमार्फत वाल विवाह अन्त्यका लागि १० हजार व्यक्तिको प्रतिबद्धता र बिचार प्रस्तुत गरिने जानकारी दिए। 

देशभरि रहेका सामुदायिक रेडियोमार्फत तल्लो तहका नागरिकहरुको आवाज संकलन गर्ने र सीआईएन मार्फत नीतिगत तहमा सरोकारवालाको प्रतिवद्धता खोज्ने उनले बताए। साथै देशैभरी वाल विवाह विरुद्धको सन्देश फैलाउने पनि अभियानको उद्देश्य छ। आचार्यका अनुसार अभियानका क्रममा सीआईएन र सामुदायिक रेडियोले ठाउँ ठाउँबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल तथा विचार र प्रतिबद्धतालाई प्रसारण गर्नेछन्। 

वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा सुरु भएको अभियानलाई परियोजनाको रुपमा नबुझ्नका लागि आग्रह गर्दै वर्ल्डभिजनका जनसम्पर्क निर्देशक पुस्कर खातीले यस अभियानलाई सफल बनाउन सामुदायिक रेडियोलाई सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताए। वाल विवाहको सन्देशलाई रेडियो लगायतका सञ्चार माध्यममार्फत फैलाउदा बढी प्रभावकारी हुने भएकाले आफुहरुले रेडियोसँग सहकार्य गरेको उनले बताए। 

भोलिदेखि सुरु हुने अभियान आउँदो साउन २६ गतेसम्म सञ्चालन हुनेछ। सय दिने अभियानका क्रममा स्थानिय तह तथा प्रदेश सरकारलाई वाल विवाह मुक्त नेपाल प्रतिबद्ध गराउन सञ्चार माध्यमले भुमिका खेल्ने पत्रकारहरुले बताए। सीआईएन र सामुदायिक रेडियोमार्फत उठेका सवाललाई आफूहरुले पनि उठाउने विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुले बताएका छन्। अभियानमा बालविवाह सम्बन्धी विचार र प्रतिवद्धता सीआईएनको स्टुडियोमै पुगेर पनि जो सुकैले आफ्नै आवाजमा राख्न सक्ने तथा टेलिफोनबाट रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित: १७ वैशाख २०७५ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App