coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सात एसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं– प्रहरी प्रधान कर्यालयले ५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको  छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता जीवनकुमार श्रेष्ठलाई सिरहा, डम्बर विकलाई धादिङ, राजन अधिकारीलाई सुनसरी र लोकेन्द्र श्रेष्ठलाई मकवानपुरमा सरुवा गरिएको छ। त्यसैगरी शेखर कोइराला ट्राफिक निर्देशनालय र ध्रुवराज राउत अनुसन्धान विभागमा सरूवा भएका छन्।

मकवानपुरका एसपी विकास खनाल ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परिसकेपछि खाली रहेको स्थानमा लोकन्द्र श्रेष्ठलाई पठाइएको हो।

बलात्कारीलाई उम्काएको आरोपमा निलम्बनमा परेका सुनसरीका एसपी विद्यानन्द माझीको स्थानमा राजन अधिकारीलाई सरुवा गरिएको हो। 

प्रकाशित: १७ वैशाख २०७५ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App