coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रोसको गोलमा रियल मड्रिड विजयी, एथलेटेको मड्रिड फेरि बराबरीमा रोकियो

बार्सिलोना–स्पनेनिस ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गर्दा एथलेटेको मड्रिड भने लिगानीससँग बराबरीमा रोकिएको छ ।

लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफ बराबरीमा सकिएको खेलको ६० औं मिनटमा गोल गर्दै मोराटाले रियललाई सुरुवाती अग्रता दिलाएका थिए।

 तर खेलको ६७ औं मिनेटमा गोल गर्दे फावियन ओराल्नाले खेल एक एक गोलको बराबरीमा ल्याएका थिए। खेलको ८१ औं मिनेटमा गोल गर्दै क्रोसले रियललाई २–१ को जित दिलाएका थिए। त्यस्तै हिजै सम्पन्न खेलमा एथलेटेको मड्रिड भने लिगानीससँग गोलरहित बराबरीमा रोकिएको छ।

 

प्रकाशित: १२ भाद्र २०७३ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App