८ वैशाख २०८१ शनिबार
समाज

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

ललितपुर- श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ।

२५६२अाैं बुद्ध जयन्तीका अवसरमा आज सोही नगरपालिका–६ स्थित सिद्धिमंगल बुद्ध विहारमा आयोजित कार्यक्रममा प्रदेश नं ३ का सभासद् माधव पौडेलले सो मूर्ति स्थापना गरिने र ध्यान केन्द्र पनि बनाइने निर्णय भएको जानकारी दिएका हुन्। बुद्धको सन्देशबाट मानिसको हितका साथै ज्ञान पनि प्राप्त हुने भएकाले यसलाई व्यापक रूपले प्रचार–प्रसार गर्नुपर्नेमा उनले जोड दिए।

उक्त नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले संक्रमणकाल पछिको देशको शान्ति, सुव्यवस्था र विकासका लागि भगवान् बुद्धका सन्देशले मार्ग प्रशस्त गर्छ भन्दै यसबाट घर परिवार, गाउँ, समुदाय र विभिन्न धार्मिक सम्प्रदाय बीचको सम्बन्ध सुमधुर बनाउन सहयोगी भूमिका निर्वाह गर्ने उल्लेख गरे।

उक्त विहारका भिक्षु विमलो स्थवीर, सोही क्षेत्रका वडाध्यक्ष वासुदेव महर्जन लगायतका वक्ताले बुद्ध धर्मका विविध विषयमा चर्चा गरेका थिए । सोही अवसवरमा उक्त विहारबाट प्रकाशित ‘त्रि–बोधिरस’ नामक पहिलो मासिक पत्रिका सामूहिक लोकार्पण गरिएको थियो। रासस

 

प्रकाशित: १७ वैशाख २०७५ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App