coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पौडेल समूहको विरोधपछि निर्वाचित कांग्रेस केन्द्रीय सदस्य बैठक स्थगित

काठमाडौं – पदाधिकारी मनोनयन गर्ने तयारिका साथ साेमबार बस्ने भनिएको नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ।

पर्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगबाट अघि बढेको भन्दै नेता रामचन्द्र पौडेलले पदाधिकारी मनोनयनका लागि बोलाइएको बैठक स्थगित गर्न दवाव दिएपछि बैठक स्थगित भएको हो। पौडेलले बैठक रोकेर सहमति गर्न आग्रह गरेका थिए।

सहमतिको प्रयास नगरी एकलौटी ढंगबाट अगाडि बढाए पदाधिकारी मनोनयनका लागि बोलाइएको बैठक बहिस्कार गर्ने पौडेल समूहको चनावनि पछि बैंठक स्थगित भएको स्रोतले बताएको छ।

तर, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले थप छलफल गर्न भन्दै चार दिनका लागि  बैठक स्थगित गरिएको जानकारी दिए। उनले अब कांग्रेस बैठक २१ गते दिउँसो २ बजे बस्ने जनाए।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन भएको २६ महिनापछि आज बस्ने भनिएको बैठकमा सभापति देउवाले पदाधिकारी मनोनयनको तयारी गरेका थिए।

प्रकाशित: १७ वैशाख २०७५ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App