७ वैशाख २०८१ शुक्रबार
कला

बनेपामा गुञ्जियो ‘फेरि उठ्नेछ नेपाल’

फोटो सौजन्यः सचित खड्का

बनेपा– एकताको सन्देशसहित  देशव्यापी सांगितिक प्रस्तुतिमा हिँडेको पोजिटिभ भाइब्सको समूह शनिबार साँझ बनेपा आइपुगेको छ । सोही क्रममा नेपाली सांगितिक क्षेत्रका चर्चित कलाकारहरुले कन्सर्टसमेत गरेका छन्।

स्थानीय संयोजक सचित खड्काका अनुसार कन्सर्टमा रबिन एण्ड न्यु रिभोलुसनका रबिन तामाङ, मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, द स्याडोजका स्वप्निल शर्मा र अनुप्रस्थका निरन शाही सहभागी थिए।

कन्सर्टमा गितारिष्टहरु हरि महर्जन, शरद श्रेष्ठ र रोशन कंशाकार तथा ड्रमर निखिल तुलाधरको साथ रहेको थियो । यो समूहले आफ्ना र प्रोजेक्ट वानले तयार पारेका गीत प्रस्तुत गरेको थियो ।
पोजिटिभ भाइब्सको प्रोजेक्ट वानले एकताको सन्देशका लागि अब उठ्नेछ नेपालको नारासहित दिँदै मुलुकका विभिन्न शहरहरुमा सांगितिक प्रस्तुतिको आयोजना गरिरहेको छ।

धरान र चितवनको सांगितिक यात्रापछि समूह बनेपा आइपुगेको खड्काको भनाइ छ, ‘नेपाली संगित क्षेत्रका विभिन्न विधाका चर्चित कलाकारहरुले एकै समूहमा कन्सर्टमा भाग लिएको यो नै पहिलो हो । बनेपाका युवाहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको छ,’ उनले भने ।

 

प्रकाशित: १७ वैशाख २०७५ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App