coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रेरणा र एनी क्वाटरफाइनलमा

काठमाडौं – प्रेरणा कोइराला र एनी माथेमा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सिटीजन्स बैंकको मुख्य प्रायोजन र काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्रेरणाले सलोनी तामाङलाई ६–२ र ६–० तथा एनीले भगवती विकलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरिन्।

पुरुष सिंगल्समा जितेन्द्र परियारले शिभम्विक्रम थापालाई ६–० र ६–०, रञ्जन श्रेष्ठले कुमार जिसीलाई ६–० र ६–०, प्रदीप खड्काले मनोज महर्जनलाई ६–० र ६–०, कमल भण्डारीले अन्जन थिङलाई ६–२ र ६–१, नवीन मगरले निशान श्रेष्ठलाई ६–० र ६–० तथा सम्यकभूषण बज्राचार्यले प्राण्जल कायश्थलाई ७–६, ४–६ र ६–४ को सेटमा हराउदै क्वाटरफाइनलमा पुगे।

मिक्स डबल्समा श्रीराम मगर र इरा रावत तथा छेवाङ लामा र गंगा शर्माको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स तथा भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा १ सय ३५ खेलाडी सहभागी छन्। वैशाख २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र आर्मी अफिसर्स क्लबको कोर्टमा भइरहेको छ।

प्रकाशित: १७ वैशाख २०७५ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App