८ वैशाख २०८१ शनिबार
अन्य

संखुवासभामा खेमराजलाई अन्तिम श्रद्धाञ्जली

धनकुटा–लोक तथा आधुनिक गायक खेमराज गुरुङको पार्थिव शरिरमा गृह जिल्ला संखुवासभाबासीले अन्तिम श्रद्धाञ्जली दिएका छन्। सदरमुकाम खाँदबारीको टुडिखेलमा भेला भएका हजारौं आफन्त र शुभचिन्तकले श्रद्धाञ्जली दिएका हुन्।

जिल्लाबासी शुभचिन्तकको आग्रह गरेपछि गुरुङको पार्थिव शरीर संखुवासभा सदरमुकाम खाँदबारीमा एक घण्टाका लागि आइतबार हेलिकप्टरबाट पुर्याइएको थियो। खेमराजको पार्थिव शरीर ल्याउने खबर पाएपछि गाउँगाउँबाट उनका शुभचिन्तक र आफन्त खाँदबारीको टुडिँखेलमा भेला भएका थिए।

आफन्त र शुभचिन्तकसँगै संखुवासभाका सुरक्षा निकायका प्रमुख र कार्यालय प्रमुखले श्रद्धाञ्जली दिएका थिए। श्रद्धाञ्जली समारोहमा पत्रकार दीपेन्द्र वान्तवाले जिल्लाबासीले आन्तिम विदाइको लागि पार्थिव शरीर ल्याउनुपर्ने अनुरोध गरेपछि एक घण्टाका लागि ल्याइएको बताए। श्रद्धाञ्जली समारोहमा आँसु खसाले र जनजिब्रोमा झुण्डिने गीतमा गायकलाई विदाई गरेका थिए ।

करिब एक घण्टा पार्थिव शरीरमा श्रद्धाञ्जली दिइएपछि पुन राजधानी नै लगिएको थियो। गायक गुरुङको पार्थिव शरीर लिएर गायक नवीन खड्का, पत्रकार दीपेन्द्र वान्तवा, उनका भान्जा मणीशेखर गुरुङ, टीकाराम गुरुङ र जेठा छोरा संखुवासभा पुगेका थिए ।
संखुवासभाको मेलापात धुम्दा बटुलेको अनुभवलाई ‘वारि जमुना पारिजमुना’ गीतमा उनेका गुरुङ युवा र बृद्धबृद्धाको मन भिजेका कलाकार हुन ।

 

प्रकाशित: १२ भाद्र २०७३ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App