८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले पदाधिकारी मनोनयन गर्दै, बैठक स्थगित गर्न पौडेल पक्षको माग

काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन भएको २६ महिनापछि सभापति शेरबहादुर देउवाले आज (सोमबार) पदाधिबारी मनोनयनका लागि नाम प्रस्ताव गर्ने भएका छन्। पार्टी कार्यालय सानेपामा सोमबार बिहान साढे आठ बजे बस्ने निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको बैठकमा देउवाले पार्टी र पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्न लागेका हुन्।

तर, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भने पदाधिकारी मनोनयनका लागि बोलाइएको बैठक स्थगित गर्न माग गरेका छन्। पदाधिकारी मनोनयनको विषयमा पार्टी सभापति देउवा एकलौटी ढंगबाट अघि बढेको भन्दै पौडेलले बैंठक रोकेर सहमति गर्न आग्रह गरेका छन्।

सहमतिको प्रयास नगरी एकलौटी ढंगबाट अगाडि बढाए पदाधिकारी मनोनयनका लागि बोलाइएको बैठक बहिस्कार गर्ने जानकारी दिएका छन्। ‘सभापतिले सहमतिको कुनै प्रयास गर्नु भएन, पदाधिकारी सहित सबै बिषय सहमतिबाटै टुंगो लागोस भन्ने हामी चाहन्छौं’ पौडेलले भने, ‘बैठक नरोकिए हामी बहिस्कार गर्छौं।’

उता बैठकमा सभापति देवाले एक/एक उपसभापति, महामन्त्री, सममहामन्त्रीको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने तयारी गरेका छन्। जसमा उपसभापतिमा बिमलेन्द्र निधि, महामन्त्रीमा पूर्ण बहादुर खड्का, सहमहामन्त्रीमा प्रकाशशरण महतको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। पार्टी बिधान अनुसार निर्माचित केन्द्रीय सदस्यहरु मध्येबाट सभापतिले निर्वाचित केन्द्रीय समितिको बैठकमा पदाधिकारी मनोनयनका लागि नाम प्रस्ताव गर्ने व्यवस्था छ।

केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गर्नु पर्दछ। कांग्रेसमा ६४ सदस्यीए निर्वाचित कार्य समिति छ। त्यसमा देउवा पक्षको स्पष्ट बहुमत देखिन्छ।

प्रकाशित: १७ वैशाख २०७५ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App