पहाडी जिल्लामा हवाई सेवा अनिश्चित

सोमबार, १७ बैशाख २०७५, ०७ : १० विनोद सुवेदी

विराटनगर – राजधानी विराटनगरबाट प्रदेश १ का पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न माग भइरहे पनि हालसम्म कुनै काम अघि बढेको छैन।

पहाडी जिल्लामा हवाई सेवा नियमित सञ्चालन गर्ने विषयमा केही पनि काम नभएको नागरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ।नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने विषयमा हालसम्म कुनै पनि निर्देशन नआएको बताए।

उनले भने, ‘पहाडी जिल्लामा विराटनगरबाट हवाई सेवा नियमित गर्ने वा थप गर्ने विषयमा कुनै निर्देशन नआएकाले केही पनि काम अघि बढेको छैन ।’विराटनगर विमानस्थलमा प्रदेशका पहाडी जिल्लालाई हवाई सेवाले जोड्न आवश्यक पूर्वाधार भने पर्याप्त रहेको प्रमुख सिटौलाले बताए ।

उनका अनुसार विराटनगरबाट हाल पनि केही जिल्लामा हवाई उडान सञ्चालन भइरहेको छ । अन्य जिल्लामा पनि उडानका लागि पूर्वाधार तयारी अवस्थामा छ । तर, पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने र विराटनगरबाट सिधा उडान सेवा सञ्चालन नभएका स्थानमा सञ्चालन गर्ने विषयमा कार्यालयलाई  हालसम्म कुनै निर्देशन आएको छैन।

गत बुधबारको प्रदेशसभा वैठकमा वन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतले राजधानी विराटनगरबाट प्रदेशभित्रका विमानस्थलमा उडान सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको दाबी गरेका थिए । प्रदेशसभामा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘राजधानी विराटनगरबाट प्रदेशभित्रका विमानस्थलमा नियमित उडान भर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ ।

’ मन्त्री कुसियतले निर्देशन दिएको दाबी गरे पनि  नागरिक उड्डयन प्राधिकरणले भने अनभिज्ञता जनाएका कारण पहाडी जिल्लाको उडान अन्योलमा परेको छ । हुन त केही वर्षअघिसम्म सरकारी स्वामित्वका जहाजहरूले पूर्वी पहाडी जिल्लामा उडान भर्दै आएका थिए । हाल सरकारी स्वामित्वका जहाजहरू न्यून संख्यामा भएकाले धेरै स्थानमा उडान भर्न सक्ने स्थिति छैन । सिटौलाका अनुसार पहाडी जिल्लाका विमानस्थलमा उडान भर्न सरकारी स्वामित्वका जहाजहरू थोरै रहेका कारण निजी कम्पनीलाई आकर्षित गर्न आवश्यक व्यवस्था गर्नुपर्ने छ।

यतिमात्रै हैन विराटनगर विमानस्थलको क्षमता बढाउनु पनि जरुरी छ । ‘विराटनगरबाट प्रदेशका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि विराटनगर विमानस्थलको पार्किङ क्षमता बढाउनुपर्ने अवस्था छ,’ सिटौलाले भने । विराटनगरबाट प्रदेशका अन्य विमानस्थलमा उडान सञ्चालन गर्न माग राख्दै प्रदेश १ को प्रदेशसभामा पटकपटक सदस्यहरूले आवाज उठाए पनि प्रदेश सरकारले माग सम्बोधन गर्न चासो देखाएको छैन।

प्रदेशसभा सदस्यहरूले तीन महिनापहिले नै औपचारिक र अनौपचारिक रुपमा पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न माग राख्दै सदनमा  आवाज उठाउ“दै आएका छन् । विशेष गरी सोलुखुम्बुबाट निर्वाचित प्रदेशसभा सदस्यहरूले सोलुको कुनै एउटा विमानस्थलमा मात्रै भए पनि नियमित उडानको व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराइरहेका छन् । हाल सोलुखुम्बुबाट विराटनगर सिधा उडान नभएका कारण यात्रुहरू काठमाडौं हु“दै विराटनगर आउन बाध्य छन्।  
 

अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन गर्न सकिने
विराटगर विमानस्थलबाट भारत, बंगलादेश, भुटानलगायत देशहरूमा हाल उपलब्ध पूर्वाधारबाटै  विमान सेवा सञ्चालन गर्न सकिने नागरिक उड्ययन प्राधिकरण विराटनगरले दाबी गरेको छ।

प्राधिकरण विराटनगरका प्रमुख सिटौलाले विमानस्थलमा अध्यागमन लगायत केही पूर्वाधार थपेर हालकै अवस्थामा पनि सार्कका विभिन्न देशमा हवाई सेवा सञ्चालन गर्न सकिन्छ ।

विराटगरबाट भारततर्फ हवाई सेवा सञ्चालन नहुँदा नेपालबाट भारतका विभिन्न सहरमा जाने यात्रु  र भारतबाट नेपाल आउने यात्रु पश्चिम बंगालको बागडोग्रा विमानस्थल प्रयोग गर्न बाध्य छन् । पूर्वका उद्योगी, व्यापारी, पर्यटन व्यवसायीले वर्षाैंदेखि विराटनगर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने व्यवस्था मिलाउन माग गर्दै आएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad