काठमाडौं– होटल सांग्रिलाले एउटा सुइट रुमलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको नामबाट अनावरण गरेको छ ।उक्त रुमलाई होटल सांग्रिलाका अध्यक्ष श्यामबहादर पाँडे र तेन्जिङका छोरा नोर्बु तेन्जिङ शेर्पाले उद्घाटन गरेको होटलले जनाएको छ।
तेन्जिङले सन् १९३० मा पर्वतारोहण क्षेत्रको पथप्रदर्शकको रूपमा योगदान दिँदै विश्वभरका हिमाल आरोहीलाई पथप्रदर्शन गरेका थिए । साथै, सर एडमन्ड हिलारीसँग विश्व शिखर आरोहण गरी विश्व सामु अविश्वसनीय कार्य गरेबापत राजा त्रिभुवनले स्टार अफ नेपाल पहिलोबाट विभूषित समेत गरेका थिए।
होटल सांग्रिलाको अर्को सुइटलाई सर एडमन्ड हिलारीको नाम दिएको छ । उक्त सुइट उनका छोरा पिटर हिलारी र छोरी सारा हिलारीको स्वीकृति आइसकेकाले उनीहरुकै उपस्थितिमा अनावरण हुने होटलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।सुइटलाई लक्जरियस तर मौलिक सामग्री प्रयोग गरी आन्तरिक सजावट गरिएको होटलले जनाएको छ।
प्रकाशित: १७ वैशाख २०७५ ०१:१८ सोमबार