coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँमै पाए ४४४ जनाले नागरिकता

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले दिप्रुङ गाउँपालिकाका चार सयभन्दा बढी नागरिकलार्ई गाउँमै गएर नागरिकता वितरण गरेको छ। बिहीबार दिप्रुङ गाउँपालिका–२ डाँडागाउँमा, शुक्रबार दिप्रुङ गाउँपालिका–५ स.छितापोखरीमा र शनिबार दिप्रुङ गाउँपालिका–४ बतासेमा घुम्ती शिविर सञ्चालन गरेर प्रशासनले चार सय ४४ जनालाई नागरिकता प्रदान गरेको हो।

घुम्ती शिविरको अन्तिम दिन बतासेमा शनिबार राति ८ बजेसम्म नागरिकता प्रदान गरिएको प्रशासनले जनाएको छ। डाँडागाउँमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको अवसर पारेर तीन ठाउँमा घुम्ती शिविर सञ्चालन गरेको टोली आइतबार बिहान ४ बजे सदरमुकाम आइपुगेको छ। घुम्ती शिविरमार्फत् महिला तथा बालबालिका कार्यालयले ६४ जना अपांगता भएकालाई अपांगता परिचयपत्र वितरण गरेको छ। उनीहरूमध्ये २२ जनालाई पूर्ण अशक्त, २० जनालाई अशक्त र अन्य २२ जनालाई विभिन्न वर्गको परिचयपत्र वितरण गरिएको हो। यस्तै, मालपोत कार्यालयले पनि १३ जनालाई जग्गासम्बन्धी सेवा प्रदान गरेको जनाएको छ।

यसअघि प्रशासनले बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको थियो। प्रशासनले पुनः ऐसेलुखर्क गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित: १७ वैशाख २०७५ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App