coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई र आइएफसीबीच सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच कर्जा लेनदेनसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा गत बिहीबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका थिए।नेपालमा पछिल्लो समय देखिएको वित्तीय तरलता समाधानमा योगदान पुर्‍याउने लक्ष्यका साथ सम्झौता गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो सम्झौता नियमनकारी निकाय नेपाल राष्ट्र बैँकको स्वीकृति पश्चात लागू हुने जनाएको छ । आइएफसीले ग्लोबल आइएमईलाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ।
 

प्रकाशित: १७ वैशाख २०७५ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App