७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहालले माेदीलाई लेखेकाे पत्र सार्वजनिक गर्न माग

काठमाडौं— व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाएको विषयलाई लिएर प्रश्न खडा गरेको छ।

संसद्को आइतबारको बैठकमा समय माग गर्दै एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सयुक्त राष्ट्र सङ्घ र पञ्चशीलको सिद्धान्त विपरित के परिस्थिति परेर सरकारले उपप्रधानमन्त्रीलाई दूत बनाएर छिमेकीमुलुक पठाउनु पर्‍यो?  भन्ने प्रश्न राखे।

सांसद रावलले मुलुकको सार्वभौमसत्ताप्रति सरकार संवेशनशील हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीलाई गरेको पत्राचारको बारेमा स्पष्ट पार्न माग गरे।

सांसद रावलले मुलुकको सार्वभौमसत्ताप्रति सरकार संवेशनशील हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीलाई गरेको पत्राचारको बारेमा स्पष्ट पार्न माग गरे।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री दाहालको विशेष दूतको रुपमा केही दिनअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका थिए।

बैठकमा सांसद अग्नि खरेलले वर्तमान सरकार निर्माणका बेला भएका विभिन्न सहमति र सम्झौताका बारेमा टिप्पणी गर्दै सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन के काम गरिरहेको छ? भनी प्रश्न गरे।

यसअघि निर्धारण भएको स्थानीय निकायको निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दै संविधान कार्यान्वयनमा हिजोको सरकारले बनाएको तालिकाको कार्यान्वयनका बारेमा पनि जानकारी माग गरेका थिए।

२०७४ साल माघ ७ सम्म संसद्को म्याद भएकाले त्यस अवधिसम्म संविधान कार्यान्वयनका लागि निर्वाचन हुन्छ कि हुँदैन भन्दै उनले संविधान सर्वस्वीकार्य बनाउने काममा संसद्लाई आश्वस्त पार्नुपर्ने पनि माग गरे।

प्रकाशित: १२ भाद्र २०७३ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App