५ वैशाख २०८१ बुधबार
राजनीति

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो वौद्ध सम्मेलन, लुम्बिनीलाई वौद्ध शिक्षाको विश्व केन्द्र बनाइने

बुटवल- लुम्बिनीमा आयोजित २ दिने अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलन १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकिएको छ। सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ। लुम्बिनीलाई बौद्ध शिक्षाको विश्व केन्द्रको रुपमा विकास गर्ने निष्कर्ष सम्मेलनले निकालेको छ।

त्यस्तै लम्बिनीको वातावरणीय संरक्षणका लागि प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्दै यहाँका पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुको एकीकृतरुपमा व्यवस्थापन,विकास र  संरक्षण गर्ने घोषणा दुइ दिने सम्मेलनले गरेको छ। २३ देशका अन्तराष्ट्रिय बौद्ध विद्वान्, धर्मगुरु, भिक्षु, भिक्षुणी लगायतको सहभागितामा भएको सम्मेलनले  बुद्ध जन्मस्थल लुम्बिनीलाई, बुद्ध धर्म र विश्व शान्तिको मुहानको रुपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता गरेको हो।

सम्मेलनको आइतबार एक समारोहकाबीच समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभइ बुद्ध धर्मको उद्गम थलो भएको सम्मेलनले पुष्टि गरेको बताए। विश्वबाटै हिंसा, द्धन्द्ध, अँध्यारो  हटाउन  बुद्ध दर्शनले महत्वपूर्ण टेवा पुर्याउने बताए। प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सम्मेलनले पारित गरेको घोषणापत्र कार्यान्वयनमा प्रतिवद्धता जनाए।

घोषणा पत्रमा बुद्ध जन्मस्थल लुम्बिनी नेपाललाई बौद्धधर्म र विश्वशान्तिको मुहानको रुपमा विश्व व्यापि प्रचार र प्रवर्द्धन गर्ने, केन्जो टागेंद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने उल्लेख छ। विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको  एक भइ काम गर्ने, लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुपणको लागि अन्तराष्ट्रिय केन्द्र स्थापना गर्ने, लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थल सर्किटको रुपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने घोषणा पत्रमा उल्लेख छ। कपिलवस्तु बुद्ध र शाक्यको मातृभूमि, देवदह महारानी मायादेवीको माइतीघरे, रामग्राम बुद्धको अस्तुधातु भएको स्थलहरुको एकीकृत विकास गरी बुद्ध सर्किट मार्फत पर्यटन प्रबद्र्धनका कार्यक्रम गर्ने भनिएको छ।

बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत विकास गर्ने भनिएको छ। लुम्बिनी घोषणापत्र २०१६ को कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने लुम्बिनी घोषणा पत्रमा उल्लेख छ । शनिबार देखि लुम्बिनी स्थित चिनीया बिहारमा भएको । सम्मेलनमा २३ देशका बौद्ध गुरु, बिद्धवान,अ ध्ययता तथा भिक्षुहरुको सहभागी भएका थिए ।

लुम्बिनी विश्वविद्यालयका १०७ विद्यार्थी दीक्षित

यसैबीच आइतबारै लुम्बिनी वौद्धबिश्व विद्यालययले आफ्ना विद्यार्थीहरुलाई दीक्षित गरेको छ। आइतबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा विश्व विद्यालयका कुलपती केपि शर्मा ओली र बुद्धिष्ट एण्ड पालि युनिभर्सिटी अफ श्रीलङ्काका उपकुलपती भिक्षु,प्रा.डा. गल्ल्याले सुमनसिरि थेरोले विद्यार्थीहरुलाई दीक्षित गरे।

विश्व विद्यालयबाट स्नातकोत्तर उत्तिर्ण ९१ जना र विद्याबारिधि गरेका १६ जना दीक्षित भएका छन। २०६३ सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयमा २०६९ सालदेखि पठन पाठन सुरु भएको हो। यहाँ हाल स्नातक र देखि विद्याबारिधि सम्म ४ सय ४७ विद्यार्थी अध्ययनरत रहेको विश्व विद्यालयका रजिष्टार तिलक आर्चायले बताए। 

प्रकाशित: १६ वैशाख २०७५ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App