coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री

बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को संसदमा सम्बोधन गर्दै अब कोही पनि नेपाली गरीब नहुने बताएका छन्। प्रधानमन्त्री ओलीको प्रदेश सभामा गरेको यो पहिलो सम्वोधन हो। उनले अब देशमा विकास र समृद्धिको यात्रा तिब्ररुपमा अघि बढ्ने बताए। उनले सबै प्रकारका लागि सरकार कडा हुने चेतावनी दिए। राज्य शासन गर्नका लागि नभइ सेवा गर्नका लागि कडा बन्ने उनको भनाई थियो। कसैले समाज हल्लाउने, अर्थतन्त्र हल्लाउने अवस्था नआउने बताउँदै उनले सबै सिस्टममा चल्ने प्रष्ट पारे।

प्रधानमन्त्री ओलीले सरकार नयाँ उर्जाका साथ अघि बढेको बताउँदै पुरानो मानसिकताले काम नहुने बताए। उनले सबै प्रदेशलाई सक्षम बनाउनु पर्ने बताउँदै स्थानीय सरकार, प्रदेश सरकार बलियो हुँदा केन्द्र सरकार बलियो हुने बताए। उनले देशमा उद्योगहरुको विकास गर्ने बताए। प्राथमिकताका आधारमा काम भइरहेको समेत उनको भनाई थियो। उनले प्रदेश ५ बुद्ध भुमि भएको बताउँदै यो विश्वकै लागि प्रेरणाको स्रोत भएको बताए।

प्रधानमन्त्रीले एग्रो फेरेष्ट्रीमा जना सुझाए। उनले भने,  'आँपको विरुवा लगाइयो भने जंगल पनि हुने र उत्पादन पनि हुने, लिची लगाइदियो भने पति त्यस्तै।' उनले अनुत्पादक क्षेत्रमा भन्दा उत्पादनमुलक क्षेत्रमा काम गर्न आग्रह गरे।

सिन्डिकेट तोड्न खोज्दा निकै प्रतिरोध हुन खोजेको बताउँदै प्रधानमन्त्रीले अनुचित कुरासँग सरकारले कुनै सम्झौता नगर्ने बताए। 'भ्रष्टाचार रोकिन्छ', उनले भने, 'म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको पनि सहन्न।'

 

प्रकाशित: १६ वैशाख २०७५ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App