coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सेफसँगै अमेरिकामा अनुष्का

मुम्बई – बलिउडका कलाकारहरू आफ्नो खानपानको विषयमा निकै सचेत छन् । खानपानका अम्मली उनीहरू आफ्नो स्वास्थ्यलाई मिल्ने खानेकुरा मात्र खान रुचाउँछन् । त्यसैकारण केही कलाकार शाकाहारी पनि बनेका छन् । बलिउड नायिका अनुष्का शर्मा पनि आफ्नो खानपानका विषयमा निकै सचेत छिन्।

समाचार अनुसार अनुष्का केही दिनमै आनन्द एल रायको फिल्म ‘जीरो’को सुटिङका लागि अमेरिका जाँदैछिन् । अनुष्का सुटिङमा आफ्नो खानपानमा कुनै समस्या नआओस् भन्नलाई एक सेफ पनि साथै लिएर अमेरिका उड्ने तयारीमा छिन्  । उनले आफूलाई मनपर्ने शाकाहारी खानेकुरा बनाएर खुवाउनलाई नै सेफलाई अमेरिका लैजान लागेकी हुन्।

अनुष्का हाल पूर्ण रुपमा शाकाहारी बनेकी छन् । उनी आफ्नो शाकाहारी बानीलाई आजीवन अँगाल्ने योजनामा छिन् । यसैकारण उनी जुनसुकै फिल्मको जहाँ सुटिङ भए पनि आफूसँग एक सेफलाई उनले लिएरै पुग्छिन्।

हालै मात्र उनले फिल्म ‘सुई–धागा’को सुटिङ पूरा गरेकी छन् । यो फिल्मको सुटिङमा पनि खाना बनाउनकै लागि छुट्टै सेफको व्यवस्था गरिएको थियो । अनुष्का राम्रो र स्वस्थ शरीर बनाउनलाई मात्र नभई आध्यामिक रुपमा पनि शरीरलाई स्फुर्त बनाउन शाकाहारी भोजनतिर लागेकी छन्।

‘सही खान पानले  शरीर मात्र स्वस्थ हुँदैन । सुटिङस्थलमा काम गर्ने राम्रो वातावरण पनि बन्छ ’ उनले भनेकी छन् । फिल्म ‘जीरो’मा अनुष्कासँगै शाहरुख खान र कट्रिना कैफको पनि अभिनय छ।

प्रकाशित: १६ वैशाख २०७५ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App