coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति पुनसँग साउदी अरबका राजदूत अलको भेट

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि साउदी अरबका राजदूत अहम जसिन अल हमारले भेटघाट गरेका छन्। आईतबार कान्तिपथ बहादुरभवनस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत हमारले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन्।  

भेटमा उपराष्ट्रपतिले साउदी अरब नेपालको असल मित्र भएको बताए। उनले नेपाल–साउदीबीच सद्भाव र विश्वासमा आधारित सम्बन्ध रहेको बताउँदै आगामी दिनमा सम्बन्धलाई थप सुधार गर्नुपर्ने बताए।  साउदी नेपालको ठूलो श्रम गन्तव्य भएको बताउँदै उपराष्ट्रपतिले यसबाट दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार भएको बताए।

भेटमा उपराष्ट्रपतिले साउदी अरबको विभिन्न कारागारमा झण्डै चार सय ५० जना नेपालीहरु बन्दी भएको र उनीहरुको रिहाईका लागि साउदी राजदूतको ध्यानाकर्षण गराए। कतिपय नेपालीहरुले कैद भुक्तानी गरिसकेपछि पनि जरिवाना बुझाउन नसक्दा कारागारमै बसिरहनुपरेको बताउँदै उनीहरुलाई सहयोग गर्न आग्रहसमेत गरे। उनले साउदीमा सयौँ नेपालीहरु अलपत्र परेको उल्लेख गर्दै अलपत्र परेका नेपाली कामदारहरुको समस्या समाधानका लागिसमेत ध्यानाकर्षण गराए।

उपराष्ट्रपतिले नेपाली हजयात्रीहरुको संख्या बढाउन समेत अनुरोध गरे। भेटमा साउदी अरबका राजदूतले साउदी–नेपाल सम्बन्ध धेरै पूरानो र घनिष्ट रहेको बताए। उनले दुई देशबीच सम्बन्ध सुधारमा जोड दिए। राजदूतले नेपालले जलविद्युत, सिंचाईलगायतको क्षेत्रमा परियोजना बनाए साउदी अरब साउदी फण्डबाट सहयोग गर्न तयार रहेको बताए।

उनले साउदीका विभिन्न कारागारमा रहेका नेपालीहरुको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताए।

प्रकाशित: १२ भाद्र २०७३ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App